भ्रष्टचारले राजनीतिमा बितृष्णा बढ्न थाल्यो –कानुन मन्त्री गुरुङ

स्याङ्जा, ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टचारका फाइल खुल्दै जाने बताएका छन् । पुतलीबजार नगरपालिका १ मा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाचौँ औ विश्व सम्मेलनमा शनिबार मन्त्री गुरुङले भ्रष्टचार गर्ने कसैलाई नछाडिने बताएका हुन् । पछिल्लो समयमा भ्रष्टचार धेरै भएको बताउदै मन्त्री गुरुङले यसैका कारण राजनीतिमा काला धब्बाका दागहरु देखा परेको बताए । भष्ट्रचार मौलाउदै जादा राजनीतिमा जनताको बितृष्णा बढ्न थालेको बताए ।

राजनीति सेवा भएको बताउदै मन्त्री गुरुङले सेवालाई गलत दिशामा लानेलाई खबरदारी भने गर्नुपर्ने बताए । निस्वार्थ काम गर्ने उदेश्यले आएको र काम गर्ने बताउदै मन्त्री गुरुङले पद आउने जाने बताए । भ्रष्टचारी कारबाही गर्न प्रधामन्त्री, गृहमन्त्री समेत लागि परेको जिकिर गर्दै मन्त्री गुरुङले कानुन अनुसारको कारबाही गर्न आफु पछाडी नपर्ने बताए । बिपी, कृष्ण प्रसाद, शुसिल, मनमोहनको कामलाई प्रशंसा गरेका मन्त्री गुरुङले काम गर्नेलाई सहयोग गर्ने जिकिर गरे ।

स्याङ्जा सहयोग समाजको कामको सरहना गर्दै मन्त्री गुरुङले समाज समाजिक काममा आफ्नो सहयोग सधै रहने बताए । कार्यक्रममा संघिय सांसद राजु थापा, पुर्व सांसद नारयण प्रसाद मरासिनी, कालिगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा, एमाले अध्यक्ष सुर्य प्रसाद गैरे, सल्लाहकार चन्द्र बहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । २०६६ साल भाद्र १२ गते स्थापना गरिएको समन्वय समितिको विश्व सम्मेलनमा देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३१२ जनाको सहभागीता रहेको अध्यक्ष टुकराज अर्यालले बताए ।

स्याङ्जा सहयोग समाजका २३ देशमा राष्ट्रिय समिति गठन भएको र २० देशमा समाजको सम्पर्क प्रतिनिधिहरु रहेको छ । समन्वय समितिले २०७२ को महाभूकम्प, कोरोना महामारी, लगायत जिल्लामा भएका आगलागी, बाढी पहिरो जस्ता विपत्तिहरुमा समिति र विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुले आठ करोड भन्दा बढी रकम सहयोग गरेको छ । सम्मेलनमा समन्वय समितिले दुखमा परेकालाई सहयोग गर्ने उदेश्यले एक करोड बराबरको अक्षय कोष स्थापना गरेको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया