‘सपना’मा देखेको स्याङ्जा !

केशब लम्साल ।
आज २२ वर्ष पछि आफ्नो प्यारो देश फर्कदैं थिए । २०५८ सालमा माओवादी विद्रोह चरम चुलिमा पुगेको बेला थियो । म पनि यो देश परिर्वतनका खातिर एउटा लडाकु सेक्सन कमाण्डर भएर पार्टीले खटाएको कैयन युद्द गोर्थामा लडेको थिए । माओवादी पार्टीको भित्री रहस्य पार्टी के थियो मलाई थाहा थिएन र्। िसर्फ परिवर्तनका उद्देयश्य लिएर युद्दमा होमिएको थिए । कैएन युद्दमा म सहभागी भएर लड्दै गर्दा हतियार बिहिन भएर हात उठाइरहेका घाइते शत्रू पक्षका सेनाहरुलाई धेरै साथीहरुले गोली हानेर मारिदिएका कारण मलाई यस युद्दप्रति विस्तारै वितृष्णा लाग्दै जान थाल्यो । युद्दको पनि एउटा निश्चित नियम र अनुशासन हुन्छ भन्ने कुराको मलाई ज्ञान थियो । तर त्यसबेलाको युद्दउन्मादले त्यो नियम र अनुशासनलाई कायम राख्न सकेको थिएन । २०५८ सालको युद्द विरामको मौका छोपी मलाई घरमा आएर फर्कन मन लागेन । घरमा पनि त्यति सहज थिएन । यो घरको मान्छे पनि माओदी लडाकु हो भन्ने कुरा रेर्कड भइसकेको रहेछ । घरको सल्लाह लिएर म विदेश गएर आफु सुरक्षित हुने मौकाको ताकमा रहिरहे । म घर छाडेर काठमाण्डौँ तर्फ लागे । पासर्पोट भने पहिल्यै नै बनाएको थिए ।
काठमाण्डौँ लम्बाई लम्बाईबाट सिधैं दक्षिण अफ्रिकाको राजधानी केपटाउन पु¥याइदियो दलालले । त्यहाँ गएर एउटा माछा व्यापारीको माछा पाल्ने फर्ममा काम गर्न थाले । नेपाली म मात्रै थिए । अरु सबै त्यहीका रैधाने कालाजातीहरु मात्रै थिए । मुख्य कारण त्यहाँ रहदा भाषाको समस्याले गर्दा म अतालिएको थिए र पछि भाषा बोल्न र बुझन थालेपछि अलि सहज बन्दै गयो । तलब पनि राम्रो नै थियो ।
म त्यहाँ पुगेको के कस्तो छ भन्ने जानकारी पठाउन पत्रबाट सम्भव पनि थिएन । किनकी म भगौडा थिए । एवम्रितले दिनहरु बित्दैं गए । मेरो कामबाट अत्तिनै प्रभावित भएर त्यहाँको माछा फर्मको साहुले अर्को फर्ममा सरुवा गरिदियो, सहुल्यत अझै थपिदिएर । आज २०७९ सालमा म घर फर्कने तयारी स्वरुप नेपाल फर्कने क्रममा केपटाउन, दोहा काठमाण्डौँको लागी कतार एयरर्पोट टिकट लिएर एयरर्पोट पुगेको थिए । कागजी प्रक्रिया पुरा गरेर म जहाज चढेर सदाको लागी केपटाउन छाडे । कतार एयरवेजको जहाजले निश्चित उचाइ लिइसकेपछि म खाना खाएर मस्त निदाएछु । म त निजगढमा बनेको अन्तराषर््िट्रय हवाइ अड्डामा उत्रदै रहेछु । दक्षिण एसिया कै ठूलो अड्डा रहेछ । सुविधा युक्त जेट्वे सिस्टममा बनेको एयरर्पोटमा उत्रदा निकै खुशी पनि लागी रहेको थियो । एउटै जसो कपडामा अनुशासित र नम्र व्यवहार सहित मिठो मुस्कानमा सेवाग्राहीलाई सेवा दिइरहेका कर्मचारीहरु, सुरक्षाकर्मी र अन्यहरुको क्रियाकलापप्रति मन्त्रमुग्ध भइरहेको थिए । हैन देश त साह्रै परिर्वतन भएको रहेछ कि क्या हो ? यो आफूले आफूप्रति गरेको प्रश्न थियो ।
जब सबै कुरा तयारी गरेर लगेजसहित बाहिर निस्किए । नजिकै मेट्रो, ट्रेन, लामबुई प्याकिङ गरिएका लामा लामा लेमोजिनहरु एउटै रङका पोशाकसहित सेवा दिन तम्तयार तिनका चालकहरु कति रहर लाग्यो । लोभ लाग्दो थियो बाहिरको दृश्य । एउटा लेमोजिन भाडामा लिएर सिधै पुगे रेल स्टेशन निजगढबाट पोखराको लागी टिकट लिएर लागे पोखरातिर । पूर्व पश्चिम महेन्द्र राजमार्ग ६ लेनको बाँया पट्टी पूर्व पश्चिम रेल मार्गबाट म रेलमा यात्रा गरिरहेको थिए । नारायणगढबाट एक लाइन पश्चिमतर्फ, एकलाइन पोखरा छुट्टिने रहेछ । म पोखरातर्फ लाग्दै गर्दा धेरैजसो ठाउँमा सुरुङमार्ग बनाइएको रहेछ । म निजगढबाट पोखरा २ घण्टामा नै पुगे । हुन त त्यहीबाट लुम्बिनीसम्म पनि रेल जाने रहेछ । मैले पोखरासम्मको टिकट बुक गरेको हुँदा त्यही नै र्ओलें ।
पोखरा त झन सुन्दर भएको रहेछ । शहरभरी मेट्रोट्रेनको संजाल तल ट्रमाद्दारा सेवा दिइरहको । ठूलो चौडा सडक ट्याक्सीहरु पहिलेभन्दा धेरै कम चलेका थिए । प्राय मानिसहरु मेट्रो र ट्रामबाट सवारी गर्दा रहेछन् । बाटोमा मानिसको भिड कम थियो । मलाई स्याङजा पुग्नु थियो । म धेरै वर्षपछि आफ्नो मुलुक फर्केको हुँदा आमा वुवालाई भेट्न हतार थियो । पछि कुनै दिन घुमौंला भन्ने सोचेर स्याङजातर्फ लागे । फुर्सेखोलाबाट सुरुङ खोलेर गुुडीखोलामा निकालेको रहेछ । पोखराबाट १३ किलोमिटरमा स्याङजा पुगिने रहेछ । सिद्धार्थ राजमार्गको स्तर उन्नति गरेर १८० कि.मि. बाट झारेर १०३ कि.मि. छोट्याइएको रहेछ । गुडिखोलाबाट सिधैं आँधिखोलाको माथी पुलैपुल हालेर राङ्खोला पु¥याइएको र एउटा शाखा बाटोबाट स्याङजा बजारतर्फ लगिएको रहेछ । बजार पनि ठूलो बाक्लो बनाइएको पुरै मापदण्ड अनुसार । सुरुमा त घर चिन्न मस्किल भयो । किनकी सडक चाक्लो फराकिलो बनाउदा हाम्रो घर पनि मापदण्डमा परेको हुँदा वुवाले पछाडी सारेर बनाउनु भएछ । म निजगढबाट ३ घण्टामा नै आफ्नो जन्मस्थान स्याङजा बजार आइपुगेको थिए । पहिला त वुवाआमालाई ढोग गरे । यि दुई नै मेरा यस धर्तिका जिउँदा ईश्वरहरु थिए । आँखाभरी आँशु निकालेर आमा निकै रुनुभयो र मेरा बा पहिल्यैदेखि कडा स्वभावको हुदाँ आँशु त झार्न सक्नु भएन अनुहार भने मलिनो थियो । उहाँहरुले मलाई आश मार्नु भइसकेको रहेछ ।
आज धेरै वर्षपछि मेरी आमाको हातले बनाएको खाना खान पाउदैं थिए । आमा अति नै हर्षित हुनुुभएको थियो । आमाले हतार हतार गरेर खाना बनाउनु भयो मैले मज्जाले थाल चाटीचाटी खाना खाए । खाना खाएर घरमा बस्न मन नै लागेन कपडा बदली गरेर बाहिर निस्के पैदलले हिड्ने सुरले पहिला म प्रगतिनगरबाट अरौंदी पुलसम्म पुगें । अरौंदीखोलालाई उचाँई बाँध लगाएर व्यवस्थित गरिएको थियो । बाँधको छेउमा ठूलाठूला रुखहरुले शितलता दिनेगरी बनाइएका रहेछन् । प्रगतिनगर शिव मन्दिर भन्दा अगाडीबाट सुरुङ खनेर विष्णु पधेंरा तल जलकुनीमा निकालिएको रहेछ । बिजुलीका पोलहरु कहिकतै थिएनन् सिधै अण्डरग्राउन्डमा बिछ्याइएको थियो । सफा हरभरा स्वास्थ नगरपालिकाको अवधारणा अनुसारको वैज्ञानिक मापदण्ड अनुसारको व्यवस्थित बजार बनाइएको थियो । लामागेको फाँटलाई पुरै कृषि प्रयोजनमा रुपान्तरण भएको रहेछ । माछा पालन, कुखुरा पालन, बंगुर पालन, बाख्रा र गाईभैसी पालनको छट्टाछुट्टै फ्ल्याटहरु निर्माण गरी व्यवस्थित गरी पशु फर्म निर्माण गरिएको थियो । तरकारी खेतीले गर्दा पुरै फाँट हरियाली भएको थियो । आँधिखोला र बाँडखोलालाई उच्च बाँध बाँधी जोखिम मुक्त बनाइएको थियो । पुतलीखेतलाई बन्दिपुरको झझल्को आउनेगरी होटलहरु निर्माण भएकोले साह्रै रमाइलो वातावरण भएको रहेछ ।
घुम्दैं जादा राङखोलाबाट सतौं चण्डीस्थान र थाप्लेसम्म केबुलकार निर्माण भएको रहेछ । बजारभरी इलेक्ट्रिक द्दारा चल्ने बसहरुले वातावरण नै अर्कै बनाएको थियो । बजारमा फोहोर र धुलो कहिकतै थिएन । बजारको फोहोरले बगरको पुछरमा रहेको फोहोर संकलनबाट ग्याँस निकाली घरघरमा पाइपद्दारा वितरण गरिएको थियो । प्लाष्टिकजन्य पर्दाथहरुको एउटा छुट्टै उधोग नै संचालनमा रहेर धेरैले रोजगार पाएका रहेछन् । यति सानो बजार तर नगरपालिकाको क्षेत्रफल ठूलो भइकन पनि नेपालको सबैभन्दा व्यवस्थित नगरपालिकाद्दारा पुरस्कार पाइरहेको सुन्दा खुसी लाग्यो ।
बेलुका घर आउदा बुवाआमा मलाई कुरेर बस्नुभएको थियो । खाना खाएर बैठक कोठामा बसेर बुवाआमाले कुराहरु भन्न थाल्नुभयो । २१ वर्षपछि भेट भएको छोरासंग आफ्ना बेदनाका कुराहरु सुन्दा आँखाबाट आँशुका धाराहरु बगिरहे । उहाँहरुले पाउनु भएको ज्यादती सुनेर । सेनाबाट पनि टर्चर र माओवादीबाट पनि टर्चर दिएछन् बेस्सरी । यो ठाउँ नै छोडेर जान लागू भएको रहेछ । पछि शान्ति सम्झौता टुङगिएपछि भने शान्त भएछ । बिहानै उठेर मनिङ् वाकमा निस्केको म पहिला यहाँ हुँदा बाटोको ट्याक मात्रै खुलेको आज पुरै गाउँगाउँ सम्म पुगेको रहेछ । लामडाँडा त पुुरै सुन्तला, कफी, अदुवाको पकड क्षेत्र बनेको रहेछ । अरौंदीको तिरैतिर र वेङदीको फेदीसम्म पुगेर फर्किए । बाटामा हिन्दा पुराना पुराना मान्छेसंग भेट भयो । नयाँले त न मलाई चिन्न्ुा न म उनिहरुलाई ।
अरौदीखोला र आँधीखोला यि दुई मेरा लागी पबित्र खोलाहरु हुन् । यि खोलाहरुसँग धेरै समिप्यता र आत्मियता जोडिएका छन् । संसारमा जति नै खोलाहरु छन् तिनीहरु मध्ये सबैभन्दा मिठो पानीको सुगन्ध मलाई यहीं ठाउँको आउने गर्छ । कालाखोलादेखि घुम्नडाँडा हुदैं हुनिकोटसम्मको केवलकारले गर्दा हुनिकोट एउटा नमुना होमस्टे गाँउ बनेको छ । हुनिकोटबाटै राङथाङसम्मको केवलकारले धेरै सहज भएको रहेछ । म पनि केवलकार चढेर हुनिकोट पुगें र त्यहाँबाट राङभाङसम्म पुगें । शईपुरदेखि पेल्काचौर सम्मको पदमार्ग बनाइएको हुँदा धेरै मान्छेहरु ओहोरदोहोर गरिरहेका थिए । पसलहरु निर्वाद रुपले चलिरहेका कटेजहरु र होमस्टेहरु राम्ररी संचालनमा आएको देखें । राङभाङको डाँडाबाटदेखिने पूर्वतर्फका राइपुर, कोल्मा, साल्डाँडा, चिसापानी, किचनास र मनकामना गाँउहरु प्रष्ट देखिने र पुरै गाउँ सडक सञ्जाल गर्दा अतिनै सुविधा युक्त भएको रहेछ । म फेरी त्यही राङभाङबाट हुनिकोट हुदैं कालीखोलामा उत्रिए । घरमा आउदा ११ बजेको थियो । आमा मलाई खाना कुरेर बस्नु भएको रहेछ ।
केन्द्रिय नीति, गण्डकी प्रदेश सरकार र स्थानिय सरकारको कडा नियमले खेती योग्य जमिनमा घर बनाउन नपाइने कठोर र्निणय र कानुनको मैले हृदयदेखि नै स्वागत गर्न मन लाग्यो । किनकी यो नियम समय सापेक्ष सही निर्णय थियो । कम मुल्य र चिटिक्क घर बनाउने होड नै चलेको रहेछ । अहिले बन्दै गरेको मजुवा फाँटको एकिकृत सामाजिक बस्ती यहाँको सामाजिक उदाहरण नै रहेछ । घरको रङ सबैले एउटै लगाउनु पर्ने नियम पनि राम्रै लाग्यो । सुन्तलाको नामले परिचित भएको हुँदा रङ पनि सुन्तला कै लगाएको मिलेको थियो ।
स्याङजा जिल्ला वास्तवमा भन्ने हो भने धेरै भन्दा धेरै शिक्षित भएको जिल्ला हो । आज आएर त्यही शिक्षाको कारणले स्याङजा जिल्ला कै मुहार फेरेको छ । पहिला बत्तिमुनीको अध्ँयारो जिल्ला आज आएर झकझकाउदो उज्यालोमा रमाउदैं रहेछ । स्याङजा बजार स्थित २०१३ सालमा स्थित श्री त्रिभुवन मा. वि. नेपाल कै नमुना स्कुलको नामले परिचित भएको सुन्दा खुशी लागको थियो ।
म एक दिन रामकोश तर्फ लागे, रामकोशको डाँडा पुरै बस्तीले भरीएको रहेछ । स्याङजा बजारका अलि सम्पन्न परिवारहरु बसोवास गर्न थालेको रुपमा विकास भएको रहेछ । बस्ती विकासले राम्रो स्थान पाएको थियो । खेती योग्य स्थानमा घर बनाउन नपाउने कठोर नियमले गर्दा रामकोशको डाँडा पुरै बसोवार योग्य भएको देख्दा आन्नद आयो । म त्यतैबाट डाँडैडाँडा हुँदै स्याङजाको पुरानो सदरमुकाम नुवाकोट पुगें । अति नै रमणिय ठाँउ बनेको रहेछ । नुवाकोटमा ठूलाठूला होटलहरु, कटेजहरु निर्माण भएर मानिसहरुको बाक्लो उपस्थितिले चलाएमान भएको थियो । प्यारालाइडिङको लागी उपयुक्त ठाँउ भएर होला स्वदेशी तथा विदेशी पर्यटकहरुको घुँइचो बाक्लै थियो ।
रामकोशको तटिय क्षेत्र लामागेको सिरान भन्दा माथी ठूलो बाँध बनाएर आँधिखोलालाई जलासय बनाइएको थियो । सेती दोभानसम्म भरिएको थियो आँधिको पानी । किनाराहरुमा राम्रो होटल र रेष्टुरेन्ट र कटेजहरु थियो । मोटर प्रशस्तै थिए । पोखरामा रहेको फेवातालमा मोटरबारे संचालन गर्न नपाइने कारण विदेशी र स्वदेशी पर्यटकको बाक्लै उपस्थिती देखे मैले । स्याङजाको जनताले गणतन्त्रको राम्रै सदुपयोग गरेको देख्दा राजनीति परिवर्तनले खोलेको भूमिकाको प्रशंसा गरेर साध्य नहुने नै भयो ।
म मन्दमस्तक थिए, आफु जन्मेर यहींको धुलो माटोमा खेलेर बालापन विताएको ठाँउ अकल्पनिय तरिकाले भौतिक विकासले गर्दा परिर्वतन भएको देख्दा । असल व्यवस्था र असल नेतृत्वले गर्दा स्याङजाको विकास एउटा नमुनाको रुपमा स्थापित भएको थियो । गणतन्त्र ल्याउन आफुले गरेको त्याग र वलिदानले राम्रै गरेछ जस्तो आज भइरहेको थियो । स्याङजाको थातथलो छोडेर बसाँइ सर्नेहरु पनि अहिले पछुताई रहेको कुरा सुन्नमा आएको थियो ।
लामागे फाँटको पशुपालन र कृषिखेती नेपालको न. १ उदाहरण नै रहेछ । प्रायः जसो बिदेशबाट फर्केका युवाहरुले मेहेनत गर्दा राम्रो स्थान पाएको रहेछ । घरघरमा ताजा दुध, दही, पनिर र दुधजन्य पर्दाथको डेलिभरी हुने गर्दा कृषि पेसा प्रति मानिसहरुको चाख बढ्दो थियो । बिदेशमा रहेका युवाहरु धमाधम स्वदेश फर्किदैं कृषि कार्यमा लागेका थिए । म किन विदेश गएछु भन्दै आफैलाई धिक्कार पनि लाग्यो । आफ्नै जिल्लाको यस्तो परिवर्तन देखेर । हेर्दाहेर्दै म झस्याङ्ग व्यूझिँएछु । अहो कस्तो सपना देखेछु भन्दै सोच्दै थिए । म सगै बसेकोको भाइलाई सपनाको बारेमा बाँडे । उनले पनि आफ्नो देशको हालतले गर्दा श्रम गर्न विदेश गए देशको अर्थतन्त्र सुधार हुँदा मेरो पनि हुन्छ कि भनेर ति भाइले भन्दै गर्दा मलाई न्यास्रो लाग्यो । उनि जति कुराहरु गर्थे नेताहरुलाई मात्रै दोष दिएर कुरा गरिरहेका थिए ।
म दक्षिण अफ्रिकामा रहदा नेस्नल मण्डेलालाई अति आदरका साथ मान्दा रहेछन् त्यहाँका जनताले । उनका महान बाणीहरु केपटाउनको योक यौराहमा देख्न पाइन्थ्यो । एउटा बाणी भने निकै मार्मिक थियो । यदी हामी आफुलाई नियुक्त गर्ने जनता भन्दा महत्वपूर्ण ठान्छौं भने हाम्रो काम छैन र पदबाट राजिनामा दिएर देशै छाँडे हुन्छ । उनि २७ वर्ष कठोर जेल जीवनबाट मुक्त भएपछि बोलेका कुराहरु थिए । मैले २२ वर्ष देखी छोडेको एयरर्पोट सामान्य सुधार बाहेक केही भएको थिएन । नेपालको आर्थिक विकास यही विमान स्थलको भौतिक अवस्थाले देखाइरहेको थियो । त्रिभुवन अन्तराष्ट्रिय हवाई अझ चापले गर्दा केही समय सिमराको आकाशमा ७ पटक फन्को लगाएर इन्धन सकिने डरले बनारसमा जहाज उत्रदाको क्षण र केपटाउन देखी दोहा सम्म निदाउदा देखेको सपना तुलना गरिरहे ।
काठमाण्डौको अवस्था उस्तै थियो जताततै फोहोरै फोहोर अव्यवस्थित सडक जाम उस्तै घरैघरले काठमाण्डौं कंक्रिटको जंगल उस्तै थियो । काठमाण्डौका मानिसहरु निसासिएर बसे कसैको अनुहारमा रौनकता थिएन । विकासको नयाँ अवधारणा केही थिएन । म कलंकीबाट रात्री बस चढेर घर तर्फ लागे । स्याङजा बजारमा उत्रदा विहान भएको थियो । मैले केपटाउनको आकाश देखि कतारको आकाशसम्मको विमानस्थल देखेको सपना आकाश जमिनको फरक थियो । जे जस्तो भएपनि आफु जन्मेको माटो नै सबै भन्दा प्यारो थियो । यहिं माटोसंगको आत्मियताले मलाई डो¥याएर ल्याएको थियो । मलाई जन्म दिने साक्षात् ईश्वरहरुलाई भेट्न पाएको थिए । यहि नै मेरो लागी ठूलो कुरा हो ।
प्रतिक्रिया