अर्जुन चौपारीको सार्वजनिक सुनुवाइ सम्पन्न
स्याङ्जा ।
अर्जुन चौपारी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। वडा नं ४ को वडा कार्यालय रापाकोटमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमको व्यवस्थापन र सहजीकरण रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनले गरेका थिए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकाका समस्या र आवश्यकतालाई दृष्टिगत गरि वडा र टोल तह सम्म क्रमश विकास निर्माणको काम अगाडी बढेको बताएका थिए । अध्यक्ष तिवारीले हेलु अर्जुनचौपारी सडकलाई पीच गरि पीच नभएको पालिकाको पहिचानलाई फेर्न सफल भएको बताउँदै अब सो क्रमलाई बढाउँदै लैजाने बताए । उनले पालिकामा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखि काम थालनी गरेको बताउँदै युवा, दलित र महिलाका लागि सीपमूलक तालिम प्रदान गरि उद्यमी सृजना गर्ने बताएका थिए।
कार्यक्रममा नेपाली काँग्रेस अर्जुनचौपारीका उपसभापति बेलप्रसाद गुरूङ, नेकपा एमाले अर्जुनचौपारीका उपाध्यक्ष जित कुमारी चापागाईं, जन माविका शिक्षक नारायण प्रसाद काफ्ले, लिला चापागाईं, दिपक सुनार, नन्दकली चपाई, पम्फा बिक, धन बहादुर जिटी, सुस्मिता बिक, बिपिन चापागाईं,भीम गोदार, सन्देश मरासिनी, सुकमाया सुनार, डोल प्रसाद चापागाईं, महादेव सुनार लगायतले पालिकाको विकास निर्माण, खानेपानी समस्या, शैक्षिक सुधार, विउविजन उपलब्धता, पिछडा बर्ग लक्षित विकास, बाँदर नियन्त्रण लगायतका जिज्ञाशा एवं धारणा राखेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले चौमासिक प्रगति समीक्षा एवं बहिर्गमन अभिमत र नागरिक प्रतिवेदन रेडियो स्याङ्जाका बजार प्रमुख प्रेम थापाले प्रस्तुत गरेका थिए। अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सपना गुरूङले स्वागत मन्तव्य र संचालन रेडियो स्याङ्जा एवं स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले गरेका थिए।
प्रतिक्रिया