स्याङ्जामा दोस्रोपटक महिला सिडिओ

वालिङ ।
स्याङ्जाले दोस्रोपटक महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । गृहमन्त्रालयले शुक्रवार १६ जिल्लाका सिडिओ हेरफेर गर्नेक्रममा स्याङ्जामा दोस्रोपटक महिला प्रमुख जिल्ला अधिकारी पाएको हो । गृहमन्त्रालयले जारी गरेको सूचना अनुसार स्याङ्जामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुनिता नेपालले पाएकी छन् । सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेकी नेपाललाई स्याङ्जाको जिम्मेवारी दिईएको गृहमन्त्रालयले जनाएको छ ।

स्याङ्जाका हालका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई गृहमन्त्रालयमा सरुवा भएको छ । यसभन्दा पहिला इन्दु घिमिरेले जिल्लाको कमाण्ड सम्हालेकी थिइन् । घिमिरेपछि स्याङ्जामा नेपाल दोस्रो महिला सिडिओरुपमा आउदै छन् । सहसचिव समेत रहेकी नेपाल निजमती कर्मचारीमा निकै निष्ठावान र कर्मशिलतामा विश्वास राख्ने कर्मचारीका रुपमा परिचित रहेको बताइएको छ ।

प्रतिक्रिया