काँग्रेसले मन्त्रीमण्डल हेरफेरमा सहयोग गर्छ— मन्त्री गुरुङ
स्याङ्जा ।
सरकारको नेतृत्व गरेको एकबर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डल हेरफेर हुने बताइरहेका बेला उनकै मन्त्री कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मन्त्रीमण्डल हेरफेर हुने बताएका छन् । प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरुकै कारण सरकारको कार्यसम्पादनमा कठिनाइ भएकाले मन्त्रीमण्डल हेरफेर गर्ने बताएका थिए । नेपाल प्रेस युनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङ्ले सरकारमा बसेर काम गर्न नसक्ने मन्त्रीहरु हेरफेर गर्ने बिषयमा नेपाली काँग्रेसले सहयोग गर्ने संकेत समेत गरेका छन् । प्रधानमन्त्रीको कामलाई स्पिडमा सहयोग गर्न नसक्ने मन्त्रीहरु फेरिनु आवश्यक रहेको र यसमा काँग्रेसले पनि सहयोग गर्ने बताए ।
सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले काम नगर्ने मन्त्री हेरफेर गर्नु हुने नौलो होइन मन्त्री गुरुङ्ले भने,‘प्रधानमन्त्रीलाई काम गर्ने बातावरण सत्तासाझेदार दलहरुले दिनुपर्छ ।’ प्रधानमन्त्रीको स्पिडमा मन्त्रीहरुले कार्यसम्पादनमा सहयोग मिल्यो भने मात्रै सरकारले गतिलिन्छ उनले भने ।
३ दिनदेखी आफ्नो गृहजिल्ला रहेका मन्त्री गुरुङ्ले पत्रकारहरु सगँ कुराकानी गर्दै मुलुकमा एकपछि अर्को भष्ट्रचार मौलाउदै जानु दुखद भएको जिकिर गरे । अख्तियारमा भष्ट्रचारका फाइल थन्किएर राख्नुभन्दा स्वतन्त्र भएर छानविन गर्न अख्तियार डराएको तर्क राखे । अख्तियार स्वतन्त्र आयोग हो मन्त्री गुरुङ्ले भने,‘भष्ट्रचारमा ठुला नेताको नाम आउने वित्तिकै किन डराउछ ।’ अख्तियारको काम कारवाहीमा सुस्तता हुदा मुलुकमा भष्ट्रचार मौलाएको बताए । एनसेल, सुनकाण्ड, भुटानी शरणार्थी लगायतका काण्डमा सरकारले कडा छानविन गरी दोसीलाई कारवाही गर्ने विश्वास मन्त्री गुरुङ्ले दिलाए । सत्ता साझेदार नेपाली काँग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङ्ले प्रधानमन्त्रीलाई भष्ट्रचार नियन्त्रण र विकासका योजनामा पार्टीले साथ दिने दावी गरे । मुलुकलाई आर्थिक चलायमान बनाउदै यो सरकारको मुख्य काम भनेको भष्ट्रचार नियन्त्रण गर्ने नै पहिलो प्रथामिकता रहेको उनले बताए ।
मन्त्री गुरुङ्ले आफु निर्वाचनका बेला स्याङ्जाका विभिन्न क्षेत्रमा बोलेका बाचाहरु क्रमस पुरागर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सडकका पुर्वाधारहरु बिस्तारै पुरा हुदै जाने उनले बताए । स्याङ्जाको विकास सगँ जोडिएको सिद्धार्थ राजमार्गको स्तरोन्नतीका लागि आफुले पहल गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए । जिल्लाको विकासमा आफु चिन्तित् छु उनले भने,‘विकास भन्ने कुरा बिस्तारै हुदै जाने रहेछ, भन्ने वित्तिकै नहुने रहेछ ।’ ५ बर्षमा आफुले जिल्लाको मुहार फेर्नेमा दत्तचित्त भएर लाग्ने छु उनले भने ।
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त वगालेको अध्यक्षतामा र सचिव शंकर सुवेदीले संचालन गरेको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष गोपीकृष्ण रेग्मीले गरेका थिए । मन्त्री गुरुङ्ले पुतलीबजार नगरपालिका, चापाकोट नगरपालिकाका जनप्रतिनिधिलाई न्याय सम्वन्धी एकदिने कार्यशाशला गोष्ठि र वालिङ स्थित लक्ष्मी माविका विद्यार्थीलाई कानुनी शिक्षा सम्वन्धी कार्याक्रममा सहभागी भएका थिए । तमुहरुको पर्व ल्होसारको अवसरमा वालिङमा आयोजित कार्यक्रममा समेत शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया