गल्याङ जेसीजको अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित
गल्याङ ।
गल्याङ जेसीज बर्ष २०२४ को अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित भएका छन् । गल्याङ जेसीजको बुधबार सम्पन्न भएको छैटौं साधारणसभा एवम् पाँचौ अधिबेशनबाट भण्डारी निर्वाचित भएका हुन् । कुल ४४ मत मध्ये ३९ मत खसेकोमा भण्डारिले २८ मत ल्याउदै विजयी भएका थिए थियो भने उनका निकटतम प्रतिद्वन्दी प्रतिमा भट्टराईले ११ मत प्राप्त गरिन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा ४ जनाको उम्मेदवारी रहेकोमा सुनिल पाठक र डोलराज खनाल समान २३–२३ मत सहित निर्वाचित भएको निर्वाचन आयुक्त अमृत अर्यालले बताए ।
यसैगरी उपाध्यक्षहरुमा सुभास गैह्रे, गणेश अधिकारी, विनय भट्टराई र सन्दिप ज्ञावली निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष खगेन्द्र भण्डारीले एकता र सद्भावसँगै समुन्नतिको यात्रामा सबैको भावनाको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा मातृशाखा वालिङका पूर्व अध्यक्ष यामप्रसाद अधिकारीले जेसीजको आस्था र गरिमा बचाईराख्न मुलमन्त्रवाट विचलित नभईकन नेतृत्व विकास र समाजसेवामा लाग्न आग्रह गरेका थिए । जेसीजको आस्थापाठमा लेखिएजस्तो विधिको शासन स्थापित गर्न निर्धक्क भएर लाग्न गल्याङ जेसीजलाई आग्रह गरेका थिए ।
मातृ शाखा वालिङका अध्यक्ष मणि अर्यालले निस्वार्थ मनोभाव लिएर सामाजिक सेवामा क्रियाशील हुन जेसीजमा आबद्ध सदस्यहरुलाई आग्रह गरेका थिए । अधिवेशनमा गल्याङ जेसीजका संस्थापक अध्यक्ष शिवप्रसाद खनालले नवनिर्वाचित कार्यसमितीलाई बधाइ तथा शुभकामना दिर्दै टिका तथा माला लगाईदिएका थिए । कार्यक्रममा गल्याङ जेसीजका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया