चापाकोटमा दुई महिने सांकेतिक भाषा तालिम सुरु

चापाकोट ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा न ९ पाकरीमा रहेको मगर भवनमा २ महिने सांकेतिक भाषा तालिम सुरु गरिएको छ । चापाकोट नगरपालिकाको मुख्य सहयोगमा चापाकोट अपांग संघले आयोजना गरेको तालिममा बोल्दै चापाकोट नगरपालिकाका नगर उपप्रमुख इशा रानाले राज्यले अपांगहरुको दैनिक जिवनमा आइपर्ने समस्याहरु समाधान गर्न सहयोग गरिरहेको भए पनि लक्ष्य अनुरुप कार्य हुन नसकेको बताईन् । उनले नगरपालिकाभित्रका हरेक अपांग नागरिकको क्षमता विकासका लागि नगरले योजना बनाएर सीप विकास तालिममा लगानी गरेको बताईन् ।
रानाले समाजका सबै नागरिकलाई भाषाका माध्यमबाट सिक्ने÷सिकाउने तथा बुझ्ने÷बुझाउने भएकोले भाषा तालिम सुरु गरिएको बताईन् । सबै नागरिकमा एउटै क्षमता नभएको भन्दै फरक क्षमता भएका नागरिकलाई पनि भाषाको माध्यमबाट बाँच्न पाउने अधिकार सुनिश्चित गर्न यस्ता तालिमले भरपुर मद्दत गर्ने नगर उपप्रमुख रानाले बताईन् । स्थानीय सरकार सबै नागरिकको साझा सरकार भएको बताउदै नगर उपप्रमुख रानाले फरक क्षमता भएका नागरिकलाई अझ बढी प्रथामिकता दिएर काम गर्ने बताईन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी नायव उपरीक्षक जेशी शाह, वडा नं. ९ का वडा अध्यक्ष कृष्ण सुवेदी, उमेश दर्लामी लगायतले आफ्नो भनाइ राखेका थिए । भाषामा समस्या हुँदा आफ्ना बिषयमा कुरा राख्न निकै कठिन हुने सहभागीहरुले बताएका थिए । आफ्ना समस्या भाषाका माध्यमबाट राख्न यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने बोल्ने बक्ताहरुले बताए । ५० जना सहभागी तालिममा नारायण भण्डारीको स्वागत चापाकोट अपांग सघका अध्यक्ष सुनिता थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन दिपेश भण्डारीले गरेका थिए ।
चापाकोट अपांग सघका अध्यक्ष सुनिता थापाले भनिन् ‘पहिला भाषा बुझेपछि मात्र सेवा र सुबिधा पाउन सहज बन्छ । स्थानीय सरकार यसप्रति सचेत बन्नैपर्छ ।’ उनले भनिन्, ‘तालिमपछि बहिरा वर्गको सांकेतिक भाषिक समस्या न्यूनीकरण हुनेछ ।’ सांकेतिक भाषा सहजकर्ताको अभावमा धेरै समस्या भोग्नु परेको अध्यक्ष थापाको भनाइ छ । बहिरा बालबालिका, सामाजिक अगुवा तथा अभिभावकलाई लक्षित गरी तालिम आयोजना गरिएको हो । अंगीय हिसावले पछि परेकाहरुको उत्थान र जीवीकोपार्जनका लागि विशेष योजनासाथ नगरपालिका अगाडी बढेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालको भनाई छ ।

प्रतिक्रिया