भीरकोट कांग्रेसले स्थापना दिवस मनायो

भीरकोट ।
नेपाली कांग्रेस भीरकोटले शुक्रबार पार्टीको ७८ औं स्थापना दिवस मनाएको छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ साल माघ १२ गतेलाई आधार मानेर कांग्रेसले प्रत्येक वर्ष स्थापना दिवस मनाउँदै आएको छ। यस वर्ष स्थापना दिवसको सन्दर्भमा दिप प्रज्वलन गरेर मनाएको नेपाली कांग्रेस पार्टी भीरकोटले जनाएको छ। वीपी कोइरालाको पहलमा २००३ साल माघ १२ गते कलकत्ताको भवानीपुरमा युवाहरुको पहिलो भेला भएको थियो। त्यो भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो। गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो।

स्थापना दिवसको अवसरमा आयजित भीरकोटको कार्यक्रम लाई सम्वोधन गर्दै महासमिति सदस्य छायाराम खनालले भने, ‘ कांग्रेस पार्टी कुनै एउटा निर्वाचन लड्ने, जित्ने, हार्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो । यो एउटा पक्ष मात्रै हो । जसरी पानीको धर्म छ । आगोको धर्म छ । रुखको धर्म छ । सूर्यको धर्म ताप दिनु हो । पानीको धर्म चिसो बनाउनु हो । आँत भिजाउनु हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । यो देशको भुँइमा बसेका जनताहरुलाई माथि उठाउने यसको धर्म हो ।’

कार्यक्रमका अध्यक्ष तथा भीरकोट नगर सभापति यामप्रसाद अधिकारी ले भने, ‘केही नयाँ भनिएका दलहरुले आममानिसमा व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन नभएको भन्दै जनतामा भ्रम छर्ने काम गरेका छन् । ती दललाई २०६४ को व्यवस्थाअघि नेपाली जनताको अवस्था र २०४७ सालपछिको नेपालीको अवस्थाबारे बुझेर बोल्न अनुरोध गर्छु ।’

नगरसचिव ताराप्रसाद अर्यालले संचालन गरेको कार्यक्रममा नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, जिल्ला सदस्य तोयनाथ अर्याल, महाधिवेशन प्रतिवेदन सुनिता उचै, प्रदेश सचिव अमृत अर्याल, शिक्षक संघका जिल्ला अध्यक्ष पशुपति पौडेल, नगर प्रवक्ता दिपेन्द्र केसी, नगर उपसभापति जगदिश कोइराला र विष्णुमाया काफ्ले लगायतले कांग्रेस स्थापना दिवसको बारेमा बोलेका थिए ।

प्रतिक्रिया