दहथुम माध्यमिक विद्यालय भीरकोटको ७२ औं बार्षिकोत्सव सम्पन्न
भीरकोट ।
भीरकोट कै पुरानो विद्यालय दहथुम माध्यमिक विद्यालयले ७२ औं बार्षिकोत्सव धुमधामका साथ मनाएको छ । बार्षिकोत्सव कार्यक्रमको गण्डकी प्रदेशकी उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले उद्घाटन गरिन् । सो अबसरमा बोल्दै मन्त्री तिवारीले विगतमा आफुले अध्ययन गरेको संस्था हुनाले पनि बिद्यालयलाई गर्नु पर्ने सबै सहयोग गरिने प्रतिबद्धता जनाईन् । उनले पढाईको गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताईन् । विद्यालयको विकासका लागि पूर्व विद्यार्थी मंच गठन गर्न सुझाव दिदैं तिवारीले उक्त मंचबाट विद्यालयले फाईदा लिन सक्नुपर्ने बताईन् ।
दहथुम माध्यमिक विद्यालयका प्रधानाध्यापक तोयनाथ कोईरालाले शैक्षिक शत्र २०७९÷८० को बार्षिक प्रतिवेदन र आय ब्यय प्रस्तुत गरे । आगामी आर्थिक बर्षमा बिद्यालयको पढाई गुणस्तरमा थप सुधार ल्याउने, विद्यालयमा सिसि क्यामेरा जडान गर्ने, कक्षा १० का विद्यार्थीका लागि होस्टेलको ब्यबस्था गर्ने लगायतका कार्यक्रम प्रतिवेदनमा राखिएका छन् । कार्यक्रममा निवर्तमान नगर प्रमुख छायाराम खनालले भीरकोटको पढाईको गुणस्तर सुधार गर्न आफ्नो पालामा विशेष प्राथमिकता दिएको बताउदै सोही अनुशार अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा शिक्षा शाखा प्रमुख विष्णु कोइराला, वडा नं. ४ का वडाध्यक्ष रत्नप्रकाश श्रेष्ठ, नेपाली काँग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी, समाजसेवी पिताम्वर श्रेष्ठ, डोलराज ढुंगाना, वडा नंं २ का निवर्तमान वडाध्यक्ष कमल त्रिपाठी, शुभलक्ष्मी वचत तथा ऋण सहकारीका अध्यक्ष भक्त बहादुर केसी, शिक्षकहरु टोलप्रसाद रेग्मी, इन्दिरा केसी, सिता अधिकारी लगायतले शुभकामना मन्तब्य राखे ।
यहाँको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यालयमा रहेका विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको छ । बर्षिकोत्सव कार्यक्रममा जेहन्दार विद्यार्थीलाई अक्षयकोषको छात्रबृत्ति उपलब्ध गराएको तथा शिक्षक सम्मान समेत गरेको प्रअ कोइरालाले बताए । बिभिन्न ब्यक्तिहरुले स्थापना गरेका पुरस्कारहरु समेत बार्षिकोत्सव कार्यक्रममा प्रदान गरिएको छ । विद्यालयमा योगदान पु¥याउने ब्यक्तिहरु पनि सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा दिर्घसेवा सम्मानबाट शोभाकान्त पौडेल, उत्कृष्ट शिक्षकको रुपमा शेषकान्त खनाल र कृष्णप्रसाद रेग्मी, नेपाली बिषयमा उत्कृष्ट अंक ल्याई विद्यार्थी उत्तिर्ण गराउन सफल कमल प्रसाद भट्टराई र चन्द्रकान्त उपाध्याय, जनसंख्या विषयमा बेदप्रसाद अर्याल र शेषकान्त चापागाई, सामाजिकमा बाबुराम बस्नेत, शिक्षामा चन्द्रकान्त ढुंगाना तथा लेखामा भूपेन्द्र कोइराला र रुद्रप्रसाद न्यौपाने रहेका छन् । विद्यालय व्यवस्थापन समितिका का.वा. अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष श्यामकाजी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षकद्धय शेषकान्त खनाल र शोभाकान्त पौडेलले गरेका थिए । कार्यक्रममा विविध साँंस्कृतिक प्रस्तुती सहित विद्यार्थीहरुका प्रतिभा उजागर गरेको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया