कमला न्यौपाने हत्या प्रकरणको १ वर्षः

वालिङ ।
आफ्नै श्रीमान र जेठाजू लगायत घरपरिवारवाट कुटपिट गरि १४ घण्टा वन्धक वनाई कोठामा थुनेर राखिएकि पुतलीबजार १३ की कमला न्यौपानेलाई यातना दिएको १ वर्ष भएको छ । उक्त यातनापछि उपचारको क्रममा अस्पतालमै उनको मृत्यू भएको थियो । त्यो ऊजाडिएको घरका छोराछोरी भन्छन्, घरपरिवारबाट टुहुरा भएका हामी न्यायवाट टुहुरा वन्न नपरोस् । अचेत अवस्थामा हस्पिटल पुर्याईएकि ऊनको ऊपचार कै क्रममा हस्पिटलमा १ दिन पनि आंखा नोखोलि सधैका लागि आखा वन्द गरेकि थिईन् ।
आमाको मृत्यु भएको १ वर्षको अवधीमा निकै चुनौतिपूर्ण, पिडादायी र त्रासका दिन विताईरहेको छौ छोरा किस्मत न्यौपानेले भने, आमाको को दुखदायी मृत्यु भयो । आमाको आँखा सदाको लागि वन्द भएपनि न्यायको आँखा वन्द नहोस् भनेर धेरै संघर्ष गर्यौ । कहिले प्रहरीको लाठि खानुपर्यो त कहिले घरपरिवार र गाऊ समाजकै असहयोग र भनाई । अहिले घरमा वस्न सक्ने अवस्था छैन् । अपराधीको त्रास त रहने नै भयो तर आमा विनाको घर झन उजाड नै हुनेरहेछ । अहिले वालिंगमा कोठा भाडामा लिएर वैनी र म वसी रहेछौ ऊनले भने ।अहिले पनि आमाको न्यायका निम्ति हिडिरहेछौ, अझै भनौ वाचिरहेछौं तर कहि कतैवाट कुनै सहयोग र सहानुभुति समेत पाएका छैनौ । यदि गाऊ समाजले वोलेको मात्रै भए आमाको न्यायको निम्ति धेरै सहयोग हुनेथियो ।
अहिले त जसले अपराध गर्यो उहि ऊल्टो धाक धम्कि दिदै शानका साथ हिडिरहेछन् । जसले हाम्रो घर उजाड वनायो, हामीलाई घरवार विहिन र टुहुरा वनायो त्यसलाई कारवाही होस् । घरपरिवारवाट टुहुरा भएका हामी न्यायवाट पनि टुहुरा वन्न नपरोस् आखावाट आशु खसाल्दै छोरि कृसला न्यौपानेले भनिन। अनुसन्धान जून विन्दूवाट शुरू हुनु पर्ने थियो सम्वन्धित कार्यालयवाट त्यो हुन सकेन । जसका कारण मुद्धा फितलो भयो र अपराधी धरौटीमा छुटे तैपनि सम्मानित अदालतवाट पुन अनुसन्धान गर्ने गरि निर्णय भए केहि न्याय मिल्ला भन्ने आशामा वसेका छौ ।
मृतकका भाई जिवन सुवेदीले भने, योजनाकार मध्येका जेठाजू केशवराज न्यौपाने धरौटीमा छाडिए । हामीलाई त वाचेर हिड्न पनि गारो छ जसले अपराध गर्यो ऊ वडो शानको साथ धम्कि दिदै हिडिरहेका छन् । दिदीको न्याय माग्दा प्रहरीको धरपकडले घाईते वनेर हस्पिटल समेत भर्ना हुनुपर्यो र पनि दिदीको न्यायका निम्ति हिडिरहेछौ भाई सुवेदीले भने । यस्तो जघन्य अपराध गर्नेलाई कारवाहि गरि विना कारण मारिएकि कमला न्यौपानेलाई न्याय मिलोस् हार्दिक श्रद्धांजली । 💐💐

प्रतिक्रिया