वालिङ महोत्सव जारी— महोत्सवले बनायो वालिङलाई चहलपहल

वालिङ ।
स्याङ्जाको वालिङमा आठौं वालिङ महोत्सव २०८० जारी छ । माघ १८ गतेदेखी शुरु भएको आठौं वालिङ महोत्सवको आज नवौं दिन हो । महोत्सव शुरु भएदेखी दर्शकहरुको उल्लेख्य सहभागिता हुदै आएको छ । महोत्सवले स्याङ्जामा उत्पादित बस्तुको बजारीकरण सगै आयतीत समाग्रीको किनबेच गर्ने थलोको रुपमा काम गरेको छ । हरेक दिन राष्ट्रिय स्तरका कलाकार देखी स्थानीय कलाकारहरुको प्रस्तुतीले दर्शकलाई आनन्दमात्र दिएको छैन, स्थानीय प्रतिभा हेर्ने मौका पनि प्रदान गरेको छ ।

रत्यौली प्रतियोगिता, स्याङ्जा आइडल र विद्यालय नृत्य प्रतियोगिताले दर्शकहरुलाई भुलाइरहेको छ भने बालउद्यानमा रमाउने र स्टलहरुमा खरीद बिक्रिले दर्शकहरुको इच्छा अनुसारका काममा व्यस्त बनाइदिएको छ । महोत्सवको आठौं दिनसम्मद र्शकहरुको उल्लेख्य सहभागिताले आयोजकहरुलाई समेत आनन्दीत बनाएको छ । ५ बर्षपछि संचालनमा आएको वालिङ महोत्सवमा दर्शकहरुको सहभागिता हुन्छ या हुदैन भन्ने दोधारमा रहेका आयोजकलाई आठौं दिनसम्मको महोत्सवमा दर्शकको सहभागिताले साच्चिकै हरेक बर्ष महोत्सव संचालन गर्नुपर्ने जस्तो बनाइदिएको अनुभव आयोजक सगँ छ ।

महोत्सवको आठौं दिनसम्म झण्डै १ लाख दर्शकले मेला अवलोकन गरेको संघका महासचिव तथा महोत्सव सचिवालय व्यवस्थापन समितिका संयोजक रमेश अर्यालले बताए । कृषि, शैक्षिक र फोटो प्रदर्शनीले दर्शकहरुलाई उल्लेख्य सहभागी गराउन महत्वपुर्ण भुमिका खेलेको संयोजक अर्यालले बताए । महोत्सव अवलोकन गर्न स्थायी पासका लागि आवश्यक परेमा उपलब्ध गराउने, दर्शकलाई गेटमा टिकट लिन सहज गराउने र भिडभाडबाट कुनै समस्या नहोस भनेर स्वंयसेवक खटाउने काम गरिरहेको उनले बताए । व्यवस्थापकीय बिषयलाई कमजोर हुन नदिन सबैको सल्लाह सुझाव बेला—बेलामा लिने काम गरेकाले पनि समस्यालाई समाधान गर्न सहज भएको उनको भनाई छ ।

सुनसान बढ्दै गएको वालिङलाई आठौं महोत्सवले चहलपहल बढाउन सफल भएको छ । जसले गर्दा वालिङको व्यावसायमा समेत आर्थिक चलायमान भएको दावी आयोजकको छ । जिल्लाकै मध्यभागमा रहेको वालिङ ११ दिनसम्म संचालन हुने महोत्सवले आर्थिक चलायमान देखी मानिसहरु आउने जानेक्रमलाई सघाउ पुगेको आयोजकको भनाई छ । आठौं महोत्सवको आठौं दिनसम्म आइपुग्दा झण्डै १० करोडको कारोवार भएको संघका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन समितिका संयोजक खगुपति न्यौपानेले बताए ।

अब महोत्सव सकिन ३ दिन मात्रै बाँकी रहेकाले कारोवार अझै बढ्न सक्ने संकेत उनले गरेका छन् । विगतका महोत्सवमा हुने खर्चलाई कटौती गरी संघलाई जति सकिन्छ धेरै रकम बचाउने अपेक्षा पुरा हुनेमा कोषाध्यक्ष न्यौपाने रहेका छन् । ६५ लाख बचाउने लक्ष्य लिइएपनि अहिले गरिएको खर्चले संघ लक्ष्य अनुसारमा पुग्ने न्यौपानेले बताए । विगतका महोत्सवमा खटिने आयोजक र विभिन्न उपसमितिले स्टलमा अनावश्यक खर्च गरिदिने व्यवस्थाको यो महोत्सवबाट अन्त्य गरिएको उनले बताए । सचिवालयमै खाना नास्ताको मेस चलाएर एकद्धार प्रणाली अपनाएको उनको भनाई छ ।

महोत्सव अवलोकन गर्न वालिङ लगायत गल्याङ्, चापाकोट, कालीगण्डकी, भीरकोट, हरिनास लगायतका क्षेत्रबाट उल्लेख्य सहभागिता रहेको छ भने पाल्पा, पर्वत, गुल्मी र स्याङ्जाका अन्य क्षेत्रबाट पनि दर्शकहरु महोत्सव अवलोकन गर्न आएका छन् । महोत्सवले गाउँ र शहरको सम्वन्धलाई नजिकबाट जोड्ने काम गरेको संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताए । महोत्सव सफल भएको उनले जिकिर गरेका छन् । सोचे भन्दा बढी दर्शकहरुको सहभागिता भयो उनले भने,‘लामो समयपछि संचालन हुँदा हामीले यो सोचेका थिएनौं ।’ अब संघले नवौं महोत्सवलाई अझै परिस्कृत र परिमार्जन गरेर संचालन गर्ने सोचमा छौं उनले भने ।

महोत्सव संचालन हुनुपुर्व निकै विवादमा रहेपनि महोत्सव संचालन पछि भने सफल भएको स्थानीयहरुले बताएका छन् । महोत्सवमा वालिङले छुट्टै पहिचान बनाउन सफल भएकाले पनि वालिङ उद्योग वाणिज्य संघले आयोजना हुने महोत्सव ब्राण्ड बनेको तर्क स्थानीयको छ । महोत्सव अवलोकन गर्न आउने दर्शक, स्टल व्यवसायी र वालउद्यान व्यवसायीमा निरासा हुने अवस्था न हिजो भएको थियो न आज भयो भन्ने सार्थकता यो महोत्सवले दिलाएको छ ।

प्रतिक्रिया