भीरकोटमा क्याड स्तरीय फुटबल प्रतियोगिता सम्पन्न
भीरकोट ।
भीरकोटमा संचालित संस्थागत विद्यालयहरुको संगठन क्याडको आयोजनामा फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । सो अवसरमा बोल्दै एन्फा स्याङ्जाका अध्यक्ष मुक्त बहादुर रानाले खेलाडीहरुबाट प्रदर्शन भएको अनुशासन, खेल कौशल र सामूहिक भावना संस्थागत विद्यालयभित्रको भातृत्वभाव र स्व–अनुशासनको प्रतिविम्व भएको उल्लेख गरे । रानाले खेलकुदले सिकाउने व्यवसायिक गुण र आचारणहरु आत्मसाथ गरी वृहत्तर हित र संस्थागत विकासमा योगदान दिन उपस्थित सहभागी खेलाडी विद्यार्थीहरुलाई आग्रह गरे । उनले विद्यालयमा खेलकुदलाई अझै सशक्त बनाउन एन्फाबाट सम्भाव्यता खोजी हुने विश्वास दिलाए । रानाले विद्यार्थीहरुलाई मोबाईल चलाउन छाडेर शारिरिक खेल खेल्न आग्रह गरे ।
यहाँको बालोदय माविको प्रांगणमा भएको खेलमा बालोदय माविको टिमले कन्साइन्स माविको टिमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यो सँगै बालोदय मावि प्रथम, कन्साइन्स मावि द्धित्तीय र भूपू सैनिक मावि तृतिय भएका छन् । प्रतियोगितामा भीरकोटमा संचालित ५ वटै संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।
प्रतिक्रिया