समाज परिवर्तनमा जनचेतना आवश्यक ः सभापति अर्याल
वालिङ ।
गण्डकी प्रदेशका सांसद तथा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले समाज परिर्वतनका लागी जनचेतना आवश्यक रहेको बताएका छन् । बुधबार वालिङ ९ मा सिद्धबाबा आमा समुहद्धारा आयोजित सिद्ध मन्दिर बसाहा प्रतिस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ समितिका सभापति अर्यालले यस्तो बताएका हुन् ।
यहाँको विकास निर्माणका लागी नागरिकले आँफूलाई निर्वाचित गरेर पठाएको भन्दै सँधै नागरिकको पक्षमा रहेको उनले बताए । विकास निर्माण तथा राष्ट्र परिर्वतनका लागी महिलाहरुको महत्वपुर्ण भुमिका रहँदै आएको बताउदै सभापति अर्यालले महिला शसक्तिकरण र महिलालाई नेतृत्वदायी भुमिकामा पु¥याउनका लागी मेरो सँधै साथ र सहयोग रहने बताए । देश संघिय संरचनामा गएसंगै महिलाहरु देशका प्रमुख निकायहरुमा नेतृत्व गरिहेको भन्दै महिलाहरुकै त्याग र बलिदानीले देशमा यो परिर्वतन संभव भएको भन्दै विभिन्न आमा समुह तथा विभिन्न महिला समुहहरुको सक्रियताले समाजमा विकास निर्माण र परिर्वतन भईरहेको अर्यालले बताए ।
कार्यक्रममा नेपाली कांगे्रस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डेले परम्परा र संस्कारलाई छोडेर विचलनमा पर्दा समाजमा विभिन्न खालका समस्याहरु देखिने गरेको भन्दै आफ्नो संस्कार र परम्पराको जर्गेणा गर्नुपर्ने बताए । कार्यक्रममा आमा समुहका संस्थापक अध्यक्ष नन्दीकुमारी श्रेष्ठले समेत आफ्ना भनाई राखेकी थिइन् । कार्यक्रम आमा समुहकी अध्यक्ष देवकुमारी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत स्वास्थिका श्रेष्ठ र संचालन शान्ता थापा, धन्यवाद समिक्षा श्रेष्ठले गरेकी थिइन् ।
प्रतिक्रिया