पर्यटन प्रवद्र्धनमा रेडियो आँधीखोलाको घुम्ति बैठक

कला राना,
वालिङ ।
स्थानीय पर्यटनको प्रवृद्धनका लागी आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा संचालित रेडियो आँधीखोलाको घुम्ती बैठक सहितको वनभोज वालिङ ५ को पर्यटकीय स्थल पित्लेकमा सम्पन्न भएको छ । संस्थाको १८औँ वार्शिक साधारण सभा तथा छैठौँ अधिवेसनको तयारीका लागी शुक्रबार पर्यटकीय स्थल पित्लेक सामुदायिक होमस्टेमा घुम्ती बैठक सम्पन्न भएको हो । यही फाल्गुन २६ गते हुन लागेको संस्थाको साधारण सभा तथा अधिवेसनका लागी विभिन्न उपसमितिहरु समेत गठन गरि तयारीलाई तिव्र पारिएको संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए ।
यहाँको स्थानीय पर्यटकीय संभावनाले भरिएको पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले घुम्ती बैठक पित्लेकमा सम्पन्न भएको अध्यक्ष पाण्डेले बताए । वालिङ तथा समग्र स्याङ्जा पर्यटकीय संभावनाले भरिपुर्ण ठाउँ हो उनले भने,‘पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ ।’ यहाँका ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागी रेडियोले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ उनले भने । आगामी दिनमा हामी अझै परिस्कृत हुँदै जाने र यस्ता विभिन्न पर्यटकीय स्थलहरुको संभावना उजागर गर्न पर्यटकीय स्थलहरुमा घुम्ती बैठक गर्ने अध्यक्ष पाण्डेले बताए ।
रेडियो संचालक सदस्य तथा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले कलमको माध्यमबाट पर्यटनको उजागर गर्दै आएको सञ्चार माध्यमले घुम्ती बैठक पर्यटकीय स्थलमा गर्दा यसले झनै सकरात्मक सन्देश प्रवाह गरेको बताए । पित्लेक अर्गानीक फार्म हाउसका संचालक तथा पित्लेक सामुदायिक होमस्टेका अध्यक्ष भुपिन गुरुङले संचारको टिम नै पित्लेकमा आउँदा निकै खुसी लागेको भन्दै यसले यहाँको प्रचारप्रसारलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
बैठकले साधारण सभा सम्पन्न गर्नका लागी प्रचारप्रसार, व्यवस्थापन, सामाग्री खरिद, अतिथि सत्कार, मायाको चिनो खरिदलगायतका विभिन्न उपसमितिहरु गठन तथा महत्वपुर्ण निर्णयहरु गरेको रेडियोका प्रबन्धक तोलाकान्त बगालेले बताए । कार्यक्रममा संस्थाका संचालनक समिति सहित कर्मचारीको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया