पुतलीबजारका किसानलाई च्याउ खेतीको सैद्धान्तिक तालिम

स्याङ्जा ।
पुतलीबजार नगरपालिकाले व्यवसायीक किसानलाई ३ दिने तालिम दिएको छ । च्याउ उत्पादन, प्रशोधन र बजारीकरण सम्वन्धी व्यवसायीक किसानलाई ३ दिने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदा नगरिएको हो । नगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को स्वीकृत बजेटबाट नगरभित्रका व्यवसायीक किसानलाई तालिम प्रदान नगरिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । नगर प्रमुख रेग्मीले तालिमलाई सदुपयोग गरी आयआर्जनमा लाग्न सहभागीहरुलाई आग्रह गरे ।

तालिनम लिने तर तालिमको सदुपयोग नगर्ने किसानको नगरबाट अनुगमन गरी आगामी कार्यक्रममा सहभागी नगराउन सकिने समेत उनले बताए । पुतलीबजार नगरलाई अबको ३ बर्षमा सबै नागरिक कृषिमा आत्मनिर्भर बनाउने अभियानमा लागेको नगर प्रमुख रेग्मीले बताए । तालिममा नगर उपप्रमुख देवी अर्यालले तालिमबाट सिकेको सिपलाई व्यवसायमा जोड्न आग्रह गरिन् । प्राविधिक सहयोगमा नगरपालिका तयार रहेको बताउदै उपप्रमुख अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा समेत नगरपालिकाको सहयोग हुने बताइन् ।
सबै वडाहरुलाई समेट्नेगरी ३२ जना व्यवसायीक किसानलाई नगरपालिकाले सैदान्तिक तालिम दिएको छ । तालिमको नगर कृषि शाखाका नायव प्राविधिक नविन केसी, कृषि विकास अधिकृत अस्मिता अर्याल, प्राविधिक सहयाक सुवास ढकालले सहजीकरण गरेका थिए । तालिममा च्याउ खेतीको परिचय, महत्व, अवसर, चुनौती, प्रशोधन, रोग किराको पहिचान, नियन्त्रण र खेती गर्दा आवश्यक पर्ने सामाग्रीका बारेमा सैदान्तिक र प्रयोगात्मक तालिम दिइएको नगरपालिकाले जनाएको छ ।

नेपालमा ६ प्रजातिका च्याउ खेती गरिने र यी प्रजाती मध्ये कन्या र सिताके (मृग) जातको बढी खेती गरिन्छ । दुवै च्याउ खेती गर्न सजिलो हुने भएकाले तालिममा प्रयागात्मक रुपले तालिम दिइएको छ । तालिम पश्चात किसानहरुलाई कन्या र सिताके च्याउको बिऊ ४÷४ किलोको दरले ३ हजार बराबरको अनुदानमा वितरण गरिएको छ । च्याउ खेतीमा नगरभित्रका किसानलाई आत्मनिर्भर बनाउने उदेश्य राखेर यो आर्थिकबर्ष देखी तालिम दिइएको छ ।

प्रतिक्रिया