सरसफाइ र प्रभातफेरि गरि स्याङ्जामा प्रजातन्त्र दिवस मनाइयो

रमेश गोदार,
स्याङ्जा ।
प्रजातन्त्र दिवस २०८० स्याङ्जामा पनि बिबिध कार्यक्रम गरि मनाईएको छ । प्रजातन्त्र मूल समारोहको निर्णय अनुसार ३ दिने कार्यक्रम अन्तरगत प्रभातफेरि र नगर सरसफाई गरि मनाईएको हो । प्रजातन्त्र दिवसको सन्दर्भमा दिपावली, राष्ट्रिय झण्डा व्यवस्थित गरि उठाउने र स्थानीय तह, सरकारी कार्यालयहरूमा विविध कार्यक्रम समेत गरिएको जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।
जिल्ला समन्वय स्याङ्जाबाट शुरु भएको सरसफाई कार्यक्रम सहितको प्रभात ¥यालीले ठाडो लाईन, अभियान पथ, चौकी, रेडियो चोक, शहिदचोक बैंकरोड हुँदै जिल्ला प्रशासन कार्यालयको प्रांगणमा पुगी कोण सभामा परिणत भएको थियोे ।

कार्यक्रममा प्रजातन्त्र दिवस मूल समारोह मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टिले ठूलो त्याग र धेरैको बलिदानीबाट प्राप्त प्रजातन्त्र र त्यसकै जगमा प्राप्त भएको लोकतन्त्र बचाउँन संस्थागत गर्न सबै पक्ष एकजुट हुनपर्ने बताए । उनले बिकास र स्वतन्त्रताको नाममा सामाजिक सहिष्णुता खलबलिन र प्राकृति श्रोत साधनमाथि कुदृष्टि परेको बताउँदै आ आफ्नो ठाउँबाट ईमान्दरपूर्वक भूमिका निर्वाह गरि राष्ट्र बचाउन आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खड्गराज सुवेदी, निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, जिल्ला समन्वय समितिका बाबुराम पल्ली लगायतले प्रजातन्त्र र लोकतन्त्रका उपलब्धिको रक्षा गर्दै प्रबर्द्धननमा सकारात्मक भई लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा राष्ट्र सेवक, जंङ्गी, प्रहरी, पत्रकार एवं नागरिक समाजको सहभागिता रहेको थियोे । यसै बिच भीरकोट लायन्स क्लवले पनि प्रजातन्त्र दिवसको अवसरमा छायाक्षेत्र मन्दिरमा सरसफाई गरेको लायन्स क्लवका अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ले जानकारी दिए ।

प्रतिक्रिया