गरिमा बैंकको सेवा बिस्तार, भुम्रेमा एक्सटेन्सन काउन्टर संचालनमा

वालिङ ।
गरिमा विकास बैंकले वालिङ नगरपालिका–९, भुम्रेमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा शाखाको संख्या एक सय २४ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंक उपप्रमुख कार्यकारी अधिकृत तथा मूख्य सूचना अधिकारी माधव प्रसाद आचार्यले जानकारी दिए ।
बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासिकको अन्त्य सम्ममा ८३ अर्ब निक्षेप संकलन गरेको जनाएको छ । पाँच अर्ब ६८ करोड चुक्ता पूँजी रहेको बैंकले ७१ ऋर्ब ऋण लगानी गरेको आचार्यले जानकारी दिए । काउन्टरको सेवा शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंक तथा वित्तीय संस्थालाई राज्यले हेर्ने नजरमा परिवर्तन आउन जरुरी रहेको बताए । बैंकहरुमा बाहिर आए जस्तो कुनै समस्या नरहेको अध्यक्ष बस्यालको भनाई छ ।

कार्यक्रममा बैंकका पूर्ब अध्यक्ष तथा वालिङ नगरपालिकाका पूर्ब मेयर दिलिपप्रताप खाँण,वालिङ–९ का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ(अमृत) लगायतले सेवाग्राहीलाई लक्षित गरेर वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए । पर्वतको दक्षिणी क्षेत्रमा जाने मूख्य बजार रहेको भुम्रेमा गरिमाले काउन्टर सञ्चालनमा ल्याएसगै यसभेगका जनतालाई फाइदा पुग्ने बताइएको छ ।

प्रतिक्रिया