अवसरको सदुपयोग गर्दै अघि बढ्नुहोस् ः सांसद तिवारी

भवानी अधिकारी ।

स्याङ्जा ।
नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सांसद कल्पना तिवारीले प्राप्त अवसरको सदुपयोग गर्दै अघि बढ्न सुझाव दिएकी छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ स्याङ्जाको प्रथम अधिवेशनको उद्घाटन गर्दै उपसपभाति एवं सांसद तिवारीले नेपाली काँग्रेसले २०५५ सालमा जनजाती महासंघ गठन गरेर महिला, दलित, जनजाती र अल्पसंख्यक जातीलाई राज्यका मूलधारमा ल्याउने नीति अघि सारेको स्मरण गराईन् । धेरैका लागि अवसर भए ता पनि सो अवसर लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरिन । सांसद तिवारीले भनिन्, ‘मैले जति पाएको अवसर तथा सेवा सुबिधा तपाईंहरुले पनि उपयोग गर्ने अवसर मिलोस् भन्ने मेरो लक्ष्य हो ।’ जनजाती बर्गको हित र अधिकारका पक्षमा आफुले आवश्यक सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रदेश उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्ति, स्याङ्जा काँग्रेसका कार्यवाहक सभापति केदार काफले, निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, कांग्रेस जिल्ला उपसभापति शेरबहादुर थापा, क्षेत्रीय सभापति एवं नगरप्रमुख तुलसीराम रेग्मी, प्रवक्ता भरतप्रसाद लम्साल, सहसचिव धुवबन्धु पौडेल, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश अध्यक्ष पदमबहादुर पुन लगायतले जनजाती समुदाय नेपाली काँग्रेसको बलियो खम्बा रहेको जनाउदै जनजाती अधिकारका पक्षमा नेपाली काँग्रेसले पहिलो पटक संगठित हुने नीति बनाएको बताए । महासंघका अध्यक्ष नेमबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अम्बिका कुमालले स्वागत एवं सचिव धनराज थापा मगरले संचालन गरेका थिए ।

यसैबीच, सोही अधिबेशनले नेमबहादुर रानाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अम्बिका कुमाल र भद्रबहादुर गुरुङ, सचिवमा धनबहादुर थापा र सुष्मा श्रेष्ठ, सहसचिवमा याममाया गाहा, कोषाध्यक्षमा तुलबहादुर गुरुङ निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा प्रमोद प्रधान, शोभा राना, ढलबहादुर राना, भुपाल थापा, गीता गाहा लगायत निर्वाचित भएको निर्वाचन अधिकृत पशुपति पौडेलले जानकारी दिए ।

प्रतिक्रिया