सुपथ मूल्यको साझा पसल सञ्चालनमा

भीरकोट ।
उपभोक्ताको सहजताका लागि बयरघारीमा साझा पसल सञ्चालमा ल्याइएको छ । जिल्लाको भीरकोट नगरपालिका–१ अन्तर्गत बयरघारीमा अवस्थित दहथुम सहकारी संस्था लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको हो । उपभोक्तालाई ठगी हुनबाट जोगाउन र सस्तो मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको सहकारीका प्रबन्धक आनन्द रेग्मीले जानकारी दिए । सुपथ मूल्य पसलबाट न्यूनतम मूल्यमा नागरिकलाई दैनिक उपभोग्य सामान तथा अन्य वस्तु उपलब्ध गराउन सहयोग पुग्ने बताइएको छ। स्थानीयवासीले सुपथ मूल्यमा सहकारीबाट आफूलाई आवश्यक परेको सामान खरिद गरेर लैजान सक्नेछन्। विशेषगरी दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धताका साथै स्थानीय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने कुरालाई प्राथमिकतामा राखी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको सहकारीका अध्यक्ष कृष्ण बहादुर अधिकारीले बताए। सहकारीले सुपथ मूल्य पसलबाट विशेष छुटमा सामान उपलब्ध गराउने भएको छ।

प्रतिक्रिया