वालिङ क्याम्पसमा नयाँ नेतृत्व

वालिङ ।
मुलुककै जेठो सामुदायिक वालिङ बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व चयन भएको छ । क्याम्पसको १५औं साधरणसभा तथा १३औं अधिवेसनले क्याम्पसमा नयाँ नेतृत्व चयन गरेको हो । वालिङ बहुमुखी क्याम्पसको १३औं अधिवेसनले उदय श्रेष्ठलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ । क्याम्पसको विधान अनुसार अध्यक्ष सहित १० जना सदस्य निर्वाचित हुने व्यवस्था छ । सोही अनुसार अध्यक्ष पदमा श्रेष्ठ बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

त्यसै गरी अधिवेसनले १० जना सदस्यहरु पनि निर्विरोध चयन गरेको छ । सदस्यहरुमा आनन्द पाठक, केदार काफ्ले, दिलिपकुमार वगाले, नेत्रप्रसाद पाण्डे, पदमप्रसाद पाण्डे, पुयण्प्रसाद अर्याल, भोजराज गुरुङ, सुरेश प्रसाद गैह्रे र हेमप्रसाद गैह्रे निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक तेजराज शर्माले जानकारी दिए ।

वालिङ बहुमुखी क्याम्पसको पहिलो पटक लेखा सुपरिवेक्षण तथा नियन्त्रण समिति समेत चयन गरिएको छ । क्याम्पसको विधानमा उल्लेख भएपनि अहिले सम्म यो समिति गठन भएको थिएन । १३औं अधिवेसनले अर्जुनप्रसाद खनालको संयोजकमा लेख सुपरिवेक्षण तथा नियन्त्रण समिति निर्विरोध चयन भएको हो । दुई जना सदस्य भने संचालक समितिले मनोनयन गर्ने जनाइएको छ । निर्वाचन समितिले १० गते निर्वाचन गर्नेगरी चैत्र ४ गते निर्वाचन तालिक सार्वजनिक गरेको थियो । सोही बमोजिम बिहिवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिक अनुसार आवश्यक पदभन्दा बढी उम्मेदवारी नपरेकाले आजै घोषणा गरी निर्वाचन सम्पन्न गरेको निर्वाचन संयोजक शर्माले बताए ।

बिहिवार नै निर्वाचित अध्यक्ष सहित सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ । निर्वाचन समितिका संयोजक शर्माले नव निर्वाचित अध्यक्ष श्रेष्ठ र लेखा सुपरिवेक्षणका संयोजक अर्जुन खनाललाई सफत समेत गराएका छन् । सदस्यहरुलाई अध्यक्ष सफत खुवाउने प्रचलन भएकाले पछि गराईने गरी निर्वाचनका सबै कार्यक्रमहरु सम्पन्न भएको छ ।
सफत तथा प्रमाणपत्र वितरण समारोहमा क्याम्पसका निर्वतमान अध्यक्ष हुमकान्त कोइरालाले आर्थिक संकटमा फसेको क्याम्पसलाई अगाडी बढाउन निर्वाचित संचालक समितिको महत्वपुर्ण भुमिका रहनेमा आफु विश्वस्त रहेको बताए । क्याम्पसले अगाडी बढाएको क्यूएए प्रोग्रामलाई पुन सुचारु गर्न सुझाव दिदै कोइरालाले क्याम्सको बृहत्तर हितका लागि आफ्नो पनि साथ सहयोग रहेने बताए । सोही अवसरमा नव निर्वचित अध्यक्ष श्रेष्ठ र लेखा सुपरिवेक्षण संयोजक खनालले क्याम्पसमा देखा परेका समस्यालाई सहमति र सहकार्यकै आधारमा समाधान गर्न आफुहरु लागिपर्ने बताएका थिए । निर्वाचन समितिका सदस्य शुभाष पौडेलले संचालन गरेको कार्यक्रमको सहजिकरण अर्का सदस्य नारायण रेग्मीले गरेका थिए ।

प्रतिक्रिया