निर्वाहमुखी कृषिलाई व्यवसयिकरण गर्नुपर्छ — सभापति अर्याल

वालिङ ।
गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसयिकरणमा परिणत गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार वालिङ ५ पित्लेकमा आयोजित व्यवसायिक तरकारी खेति सम्बन्धी दुईदिने तालिमको समापन गर्दै सभापति अर्यालले परम्परागत रुपमा गर्दैै आइएको खेति प्रणालीलाई परिर्वतन गरी व्यवसायीकरणमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।
कृषि ज्ञान केन्द्रको आयोजना तथा जनकल्याण कृषक सहकारी संस्थाको व्यवस्थापनमा तालिम सम्पन्न भएको हो । हामी अझै परम्परागत कृषि खेतीमा छौं सभापति अर्यालले भने, “उत्पादकत्व वृद्धि गर्नका लागी समय समयमा यस्ता तालिमहरुको आयोजना गर्नु निकै राम्रो पक्ष हो । कृषकका कृषि उपजहरुको सहज बजारीकरणका लागी सडक तथा पुर्वाधार विकासका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको छ ।” सिमित साधन श्रनेतको परिचालन गरी कृषिलाई आत्मनिर्भर मात्रै नभएर अब व्यावसायिकरणमा लाग्नुपर्छ उनले भने ।
वालिङ ५ को पित्लेक कृषिका लागि निकै संभावनायुक्त स्थान रहेको र यहाँका कृषकहरुले समेत निकै मेहेनत गरेर कृषि उपजहरु उत्पादन गरेको भन्दै मेहेनती कृषकको साथमा स्थानीय तथा प्रदेश सरकार साथमा रहेको सभापति अर्यालले बताए । कार्यक्रममा नेपाली कांगे्रस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, वडा नं. ५ का अध्यक्ष छवि आले, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख इश्वरीप्रसाद अर्याल, वालिङ नगरपालिका कृषि शाखा प्रमुख केशबहादुर थापा, जनकल्याण कृषक सहकारी संस्थाका सदस्य नरबहादुर पौडेल, संस्थाका व्यवस्थापन हुमनाथ लामिछानेलगायतले सरकारले अझै कृषि क्षेत्रलाई बुझ्न नसकेको बताउका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष भुवनेश्वर लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष खेमकान्त पौडेल र संचालन सचिव नारायणप्रसाद लामिछानेले गरेका थिए । कार्यक्रममा व्यवसायिक तरकारी खेति गर्नका लागी आवश्यक माटो, हावापानीलगायतका विषयमा जानकारी गराउँदै माटो परिक्षण, बाली परिक्षण, माटोमा देखिने रोगको उपचार विधि, बालीमा देखिने रोगको उपचार विधिका बारेमा कृषि ज्ञान केन्द्र र वालिङ नगरपालिकाका कृषि प्राविधिकहरुले प्रशिक्षण दिएका थिए । तालिममा सहकारीमा आवद्ध कृषकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया