किसानलाई उन्नत जातको धानको बीउ अनुदान
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउ अनुदानमा उपलब्ध गराउने भएको छ । नगरपालिकाले उन्नत जातको बहुगुणी, सुख्खा धान, हर्दिनाथ, साबित्री, राधा, मकवानपुर, चैते, गंगासागर, लोकतन्त्र, सावाँ मनसुली, रामधान लगायतका बीउ अनुदानमा उपलब्ध गराउने भएको हो । नगरपालिका कृषि शाखा प्रमुख कमल काफ्लेका अनुसार ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराइने भएको हो । नगरपालिकाले अनुदानमा बिउ लिने किसानहरुलाई माग विवरण पेश गर्नका लागि सूचना जारी गरेको छ । नगरपालिकाले ९ वटै वडामा आवश्यक पर्ने बिउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको जनाएको छ । भीरकोट नगरपालिकाका किसानहरुको मुख्य खाद्य बाली धान हो । नगरपालिका कृषि शाखाका अनुसार भीरकोटको ९ वटै वडामा धान खेती हुने गरेको छ ।
प्रतिक्रिया