वालिङ बहुमुखी क्याम्पसको उपाध्यक्षमा काफ्ले मनोनयन
वालिङ ।
स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसको बैठकले गत अधिवेसनबाट निर्वाचित सदस्यहरुको पद विभाजन गरेको छ । क्याम्पसको बिहिवार बसेको संचालक समितिको बैठकले केदार काफ्लेलाई उपाध्यक्ष पदमा मनोनयन गरेको हो । क्याम्पसका पुर्व स्ववियू सभापतिको जिम्मेवारी सम्हालीसकेका काफ्ले क्याम्पसको १३औं अधिवेसनबाट संचालक समितिको सदस्यमा निर्वाचित भएका थिए । क्याम्पसको विधानमा निर्वाचित सदस्यहरुमध्ये बाट एक जना उपाध्यक्ष बनाउन सकिने व्यवस्था भए अनुसार संचालक समितिले काफ्लेलाई मनोनयन गरेको हो ।
वालिङ नगरपालिकाको दुई कार्यकाल वडाअध्यक्ष भएर काम गरेका काफ्ले राजनीतिक र सामाजिक अभियान्ता हुन् । नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति रहेका काफ्ले क्याम्पसको उपाध्यक्ष पदमा मनोनयन भएपछि क्याम्पसको बृहत बृद्धि विकास र समस्याबाट गुज्रेको स्थितीलाई माथी उठाउन महत्वपुर्ण भुमिका खेल्नेमा विश्वास गरिएको छ । उपाध्यक्ष पदमा मनोनयन पछि काफ्लेले क्याम्पसका सबै साधरण सदस्यको भावना र विधान विपरीत गतिविधिमा चोट पुग्ने काम नगर्ने बताए । क्याम्पसमा देखिएको सबै समस्यालाई सबैको सल्लाह, सुझाव र सहयोगबाट सामना गर्नेमा आफु लाग्ने काफ्लेको बताए ।
वालिङ बहुमुखी क्याम्पसको विधानमा उपाध्यक्ष राख्ने व्यवस्था भएपनि ११औं अधिवेसनसम्म यसको उपयोग गरिएको थिएन । १२औं अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएका हुमकान्त कोइरालाले विधान अनुरुप उपाध्यक्ष पदमा लक्ष्मीपति पौडेललाई मनोनयन गरेपछि मात्रै यो अभ्यास शुरु भएको हो । क्याम्पसको १२औं अधिवेसनबाट शुरु भएको उपाध्यक्ष पदलाई १३औं अधिवेसनबाट निर्वाचित संचालक समितिले निरन्तरता दिएको सदस्य नेत्रप्रसाद पाण्डेले बताए ।
प्रतिक्रिया