स्याङ्जामा सवारी चालकको लापसे चेकजाँच
स्याङ्जा ।
दिनहुँ बढ्दै गएको सवारी दुर्घटनाको नयाँ रहस्य स्याङ्जामा फेला परेको छ । सडक दुर्घटना न्यूनीकरण एबम् सार्बजनिक यातायात लाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्य सहित स्याङ्जा ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सोमबार गरेको चेकिङ्गका क्रममा नयाँ रहस्य फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार चेक जाँच टोलीले पुतलीबजार नगरपालिका वडा नम्बर १ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेक जाँच गरेको थियो । चालकहरुको ज्भ्ल्क्इ तभहत पष्त द्वारा लागुऔषध सेवन गरे नगरेको चेकजाँच गर्दा छ जना चालकले गाजा सेवन गरी सवारी चलाएको पाइएको थियो । सोमबार बिहान बाह्र बजेदेखि दिउँसो चार बजेसम्म ४६ वटा सवारी साधन चेक जाँच गरिएको थियो । उहाँका अनुसार मापसे चेकजाँच पहिले देखि गरिए पनि यो विधि सोमबार बाट मात्र सुरुवात गरिएको हो ।
रानाका अनुसार पक्राउ पर्ने मा जिल्ला रुपन्देही बुटवल उ म न पा ११ रुपन्देही बस्ने वर्ष ४७ का पदम बहादुर डिसुवा, स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका ११ पेखु बस्ने वर्ष ३६ का साजन थापा , कास्की जिल्ला पोखरा महानगरपालिका २९ बस्ने वर्ष २६ का विशाल गुरुङ्ग, पोखरा महानगरपालिका १९ बस्ने वर्ष ४८ का होम बहादुर खत्री ,स्याङ्जा पुतलीबजार नगरपालिका १ बस्ने वर्ष २६ का अजय नेपाली र स्याङ्जा फेदीखोला गाउँपालिका २ बस्ने वर्ष ३७ का अमृत मिजार रहेका छन् । उनीहरू गाजा सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।
गाँजा सेवन गरी सवारी चलाएको पाइएको हुँदा नीजहरुलाई नियन्त्रणमा लिई मंगलबार सार्वजिक हित र नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जा बाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान कार्य भई रहेको जानकारी सूचना अधिकारी रानाले बताए । जिल्लामा नयाँ प्रहरी प्रमुख आएपछि अपराधिक क्रियाकलापलाई न्युनिकरण गर्न विभिन्न कार्ययोजना बनाएर प्रहरी परिचालन गरिएको छ । जसले गर्दा नयाँ अपराधका घट्नाहरु पत्ता लाग्न थालेका छन् ।
प्रतिक्रिया