एमाले स्याङ्जाको नवौ अधिवेसनको तयारी पूरा

स्याङ्जा ।
नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाको नवौ जिल्ला अधिवेसनको तयारी पूरा भएको जनाएको छ । एमाले स्याङ्जाले आज पत्रकार सम्मेलन गरी चैत्र २३ र २४ गते जिल्ला सदरमुकाममा हुने नवौ जिल्ला अधिवेसनको तयारी पूरा भएको जनाउको हो । नवौ जिल्ला अधिवेसनको उदघाटन एमाले केन्द्रीय अध्यक्ष केपी शमौ ओलीले गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जिल्ला अधिवेसनका लागि ११ ओटै पालिका र ९७ वडाबाट प्रतिनिधिहरु छनोट भइसकेको जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिए । मुस्लिम, जनजाती, अपाङ्ग, युवा, श्रमिक, भुमिहिन, अल्पसंख्यक र खुलाबाट जिल्ला भुगोल बनाई ६ सय ९ जना जिल्ला अधिवेसन प्रतिनिधि छनोट भएको गैह्रेले बताए ।
नवौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित गर्नेछ । कमिटीमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिवमा २ जना पदाधिकारी एंव बाँकी १ सय जना सदस्य रहने छन् । नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मतीलाई प्राथमिकता दिई पार्टी एकता र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाइने विश्वास पार्टीले लिएको जनाएको छ ।

जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै पार्टी अध्यक्ष गैह्रेले नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । जिल्ला प्रतिनिधि लगायत अन्य अथितिहरुलाई आवासको लागि स्याङ्जा सदरमुकाम पुतलीबजार, भीरकोट र वालिङमा व्यवस्था गरिएको समेत जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले स्याङ्जाका इन्चार्ज टुकराज सिग्देलले एमाले पार्टी लोकतान्त्रिक पार्टी भएको बताउदै संगठनलाई मजबुद बनाउने पर्वका रुपमा यो अधिवेसनलाई लिइएको बताए । सकेसम्म सहमतिय पद्धतीमा एमाले स्याङ्जाको नयाँ कार्यसमिति टुङ्गिने बताउदै सिग्देलले सहमति नभएमा पजातान्त्रिक पद्धतीबाट निर्वाचनबाट पनि टुङ्गिन सक्ने संकेत गरे । तर निर्वाचन गुटरहित हुने दावी उनको छ ।

जिल्लामा झण्डै १० हजार संगठित सदस्य रहेको एमाले स्याङ्जाका युवा नेता अनन्त कुमार श्रेष्ठले बताए । १० हजार संगठित सदस्यबाट चुनिएका प्रतिनिधिहरु अधिवेसनको बन्दसत्रमा सहभागी हुने छन् ।

 

प्रतिक्रिया