वालिङ ७१ औँ साहित्यक श्रृखंला सम्पन्न

वालिङ ।
भेषजराज साहत्यिक प्रतष्ठिाने २०७४ साल जेठदेखी सञ्चालन गर्दै आएको नियमित रचना वाचनको ७१ औँ श्रृखंला शनिवार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । कार्यक्रम वालङि—८, बगाले टोलमा रहेको श्रीगणेश लक्ष्मीनारायण मन्दिरको धर्मशालामा सम्पन्न ऊक्त कार्यक्रमको प्रमुख अथिति कवियत्री एवम् प्रतिष्ठानकी आजीवन सदस्य दमकुमारी बगालेले भेषजराज साहत्यिक प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमले म लगायत यस क्षेत्रका धेरै व्याक्तिहरुले साहत्यिक सृजना गर्न थालेको र रचनावाचनको अवसर प्राप्त गरेको कुरा व्यक्त गर्दै यो कार्यक्रम निरन्तर चलरिहोस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि शिक्षासेवी भरतप्रसाद बगालेले स्रष्टा भेषजरज शर्माको शैक्षिक व्यक्तित्वमाथी प्रकाश पारे । बगाले टोल समितिका अध्यक्ष रामचन्द्र अर्यालको अध्यक्षता र प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गरेको उक्त कार्यक्रमा प्रतिष्ठानका सदस्य कवि लेखनाथ काफ्लेले स्वागत मन्तव्यका साथै लधुकथा सुनाएका थिए । यसैगरी कार्यक्रममा कवियात्रीहरु ध्रुव शर्मा पंगेनी, कमल बगाले, नारायणप्रसाद रेग्मी, पारीश्वर न्यौपाने, प्रेमप्रसाद सुवेदी, बिष्णु पंगेनी पाण्डेलगायत दर्जन बढी स्रष्टाहरूले लघुकथा र कविता वाचन गरेका थिए । यस कार्यक्रम साहित्यक प्रेमी स्थानीय व्यक्तहिरुको महत्वपुर्ण उपस्थितीले ओझिलो बनेको थियो ।
प्रतिक्रिया