प्रदर्शनका लागि स्याङ्जाबाट राप्रपाको टोली काठमाण्डौंमा

स्याङ्जा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । उक्त प्रदर्शनका लागि स्याङ्जाबाट पनि ठुलो संख्यामा राप्रपाका कार्यकर्ताहरु काठमाण्डौ पुगेका छन् । राप्रपा स्याङ्जा क्षेत्र नम्वर २ का सभापति पाण्डब थापाका अनुसार स्याङ्जाबाट झण्डै चार सयको हारहारीमा कार्यकर्ताहरु आएको बताए ।

बिहान साढे ११ बजेबाट प्रदर्शन सुरु गरिने राप्रपा केन्द्रीय समितिले जनाएको छ । भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न काठमाडौं केन्द्रित प्रदर्शन गर्न लागेको हो । सो आन्दोलनमा सहभागी हुन स्याङ्जाका वडा देखी जिल्ला तहका नेताहरु काठमाण्डौ आइपुगेको सभापति थापाले पब्लिक आवाजलाई जानकारी दिए ।

प्रतिक्रिया