वालिङ नगरपालिकाले भन्यो—छोराछोरी सामुदायिक विद्यालयमा पढाऊ

वालिङ ।
स्याङ्जाको वालिङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले अव सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउनुपर्ने भएको छ । वालिङ नगरपालिका बुधबार एक सूचना जारी गर्दै आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन अनुरोध गरेको हो ।
वालिङ नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुका सम्बन्धित उमेर समूहका बालबालिकाहरुलाई सामुदायिक विद्यालयहरुमा पढाउनका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित पत्रद्वारा अनुरोध गरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सम्बन्धमा नगरकार्यपालिकाको यही चैत्र २५ गतेको वैठकले वालिङ नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुका सम्बन्धित उमेर समूहका बालबालिकाहरुलाई सामुदायिक विद्यालयहरुमा पढाउनका लागि अनुरोध गर्ने निर्णय भएकाले उक्त निर्णयको कार्यान्वयन गर्न गराउन नगरपालिकाले सूचनामार्फत अनुरोध गरेको हो ।

समुदायका सरोकारवालाहरले नै सामुदायीक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न छाडेपछि वालिङ नगरपालिकाले सूचना मार्फत आग्रह गरेको छ । जनप्रतिनधि, शिक्षक, कर्मचारीले सामुदायीक विद्यालयमा आफ्ना छोराछोरी नपढाउदा सरकारी स्कुलको शैक्षिक गतिविधिमा अविश्वास बढ्न थालेको छ । जिम्मेवार पदमा बसेकाले नै छोराछोरी सरकारी स्कुलमा नपढाउदा आम नागरिकले सरकारी स्कुल भन्दा पनि नीजि विद्यालय रोज्ने गरेका छन् । जसले गर्दा सरकारी स्कुलमा हरेक बर्ष विद्यार्थीको संख्या घट्दो छ । वालिङ नगरपालिकाले गरेको अनुरोधलाई कार्यन्वयनमा लैजान सके सरकारी विद्यालयमा पढ्ने बालवालिकाको संख्या बढ्ने देखिन्छ ।

प्रतिक्रिया