अनुदानमा सुन्तलाको विरुवा माग गर्न भीरकोटको अनुरोध
भीरकोट ।
भीरकोट नगरपालिकाले अनुदानमा सुन्तला लगायत फलफूलका विरुवा वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै अनुदानमा सुन्तलाजात फलफुलका विरुवा वितरण गर्ने जनाएको हो । नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा फलफूलको विरुवा वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था, समूह तथा कृषि फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिनु पर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले माग अनुशार सुन्तला लगायत फलफूलको विरुवा वितरण गर्ने जनाएको छ । पालिकाले सुन्तलाको हकमा कलमी विरुवाको ७५ र बिजु विरुवाको ३० रुपैंया मूल्य निर्धारण गरेको छ ।
प्रतिक्रिया