व्रह्मचारी लक्ष्मी नारायण सुवेदीको निधन
वालिङ ।
नित्य धार्मिक पुजा र अरधना एवं साधनामा विश्वास गरि आफ्नो सम्पूर्ण जिवन धार्मिक अनुष्ठानमा विताएका व्रह्मचारी लक्ष्मी नारायण सुवेदीको दुखद निधन भएको छ । सुवेदीको जन्म स्याङ्जा जिल्ला साविक पिडिखोला गाविस वडा नं. २ हाल गल्याङ नगरपालिका वडा नं. ६ पिडिखोला (घलाम) मा भएको थियो । मिति २००४ साल वैशाख ४ गते वुधवारका दिन जन्मिएका व्रह्मचारी लक्ष्मि नारायण सुवेदीको मिति २०८१ साल वैशाख १२ गते वुधवारका दिन निधन भएको पारिवारिक श्रोतले जनाएको छ । सुवेदीको नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं. ०८ स्थित भाईको घरमा निधन भएको हो । जिवनभर अविवाहित कुमार वसि व्रह्मचारी जिवन अंगालेका लक्ष्मी नारायणले आफ्नो सम्पूर्ण जिवन धार्मिक अनुष्ठान मै विताएका थिए । सानै ऊमेर देखि सुवेदी परिवारको कुल पुजारीवाट धार्मिक यात्रा शुरू गरेका लक्ष्मि नारायण पछि आफ्नै गाउँको शिव मन्दिरको पुजारी भए । त्यसपछी श्रीस्वस्थानी महिमामा समेत व्याख्या गरिएको स्याङ्जा जिल्ला कै प्रसिद्ध धार्मिक तिर्थस्थल दिव्यधाम छायाँक्षेत्र मन्दिरको मुल पुजारी भई आफ्नो जिवनको महत्वपूर्ण समय छाङ्छाङ्दीमा बिताए । उनको जीवनको लामो समय छायाँक्षेत्र अर्थात छाङ्छाङ्दीमा भजन, किर्तन र देविदेवताको सेवा आरधाना तथा साधनामा वितेको थियो । मृतक सुवेदी प्रति 💐हार्दिक श्रद्धाञ्जली 💐
प्रतिक्रिया