चक्कु प्रहारबाट मजदुरको हत्या
स्याङ्जा ।
स्याङ्जाको वालिङ १३ बायाँटारीमा चक्कु प्रहार गरी एकजना मजदुरको हत्या भएको छ । गएराती लेनदेनमा सामान्य विवादमा दाङ् जिल्ला राप्ती गाउँपालिका ३ बस्ने २० बर्षको आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यू भएको हो । स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्ने दाङ् जिल्ला राप्ती गाउँपालिका ३ का ३५ बर्षिय निमबहादुर घर्तीले घाटीमा चक्कु प्रहार गर्दा चौधरी घाइते भएका थिए । उनको प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि लैजादै गर्दा चिकित्सकले मृत्यू भएको घोषणा गरिदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । चक्कु प्रहार गर्ने घर्तीलाई नियन्त्रणमा लिएर घट्नाको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायव उपरिक्षक रानाले बताए ।
घर्ती ट्याक्टर ड्राइभर रहेको र चौधरी मजदुर रहेको खुल्न आएको छ । दुवैविच लेनदेनका बिषयमा झगडा हुँदा घर्तीले घाटीमा चक्कु प्रहार गरेका थिए । ग १ त ६०९२ नम्बरको ट्याक्टरमा दुवै जनाले कामगर्दै आएको बताइएको छ ।
प्रतिक्रिया