बैबाहिक जीवनको अर्धशतकमा बालगृहलाई नगद सहयोग

स्याङ्जा ।
स्याङ्जाको एकमात्र बालगृहमा मानव जीवनको खुशीयाली मनाउने केन्द्र बन्ने गरेको छ । बिवाह उत्सव, जन्मदिन, बैवाहिक सम्वन्ध गाँसिएको दिन लगायत विभिन्न धार्मिक तथा जीवनको उत्सव मनाउने खर्चलाई बालगृहमा सहयोग गर्नेहरुको केन्द्र बन्ने गरेको हो । फजुल खर्चलाई बालगृहमा सहयोग गर्ने सहयोगीदाताहरुले बालगृहलाई आर्थिक सहयोग गर्दै आएको बालगृह संचालक तथा अमोर सेवा नेपालका अध्यक्ष कमला पराजुलीले जानकारी दिइन् ।

बैशाख १८ गते बैवाहिक जीवनमा बाँधिएका स्याङ्जाका बरिष्ठ अधिबक्ता तुलसी गिरीले बैवाहिक जीवनको अर्धशतकको अवसर पारेर नगद सहयोग गरेका छन् । पुतलीबजार १४ निवासी वरिष्ठ अधिवक्ता गिरी बाट आफ्नो बैबाहिक जीवन अर्ध शतक अर्थात ५० बर्ष पुगेको उपलक्ष्यमा अमोर सेवा नेपाल बालगृहलाइ ६००० रुपैयाँ नगद प्रदान गरेको अध्यक्ष पराजुलीले बताइन् । अध्यक्ष पराजुलीले गिरीको दामपत्य जीवनको सफलताको शुभकामना समेत व्यक्त गरेकी छन् ।

मानव सेवा नै धर्म हो भन्ने मान्यता राखेर थोरैभएपनि आफ्नो बैवाहिक जीवनको ५० बर्ष पुगेको अवसरमा सहयोग गरेको सहयोगी बरिष्ठ अधिबक्ता गिरीले बताए । बालगृहलाई बचाई राख्न सबै नागरिकको दायीत्व रहनुपर्छ भन्ने सन्देश दिन पनि यो सानो सहयोग गरेको उनले बताए । बालगृहमा अनाथ बालवालिका झण्डै ३० जना आश्रित रहेका छन् ।

प्रतिक्रिया