स्याङ्जाको ट्राफिक सप्ताह सकियो
स्याङ्जा ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्की, जिल्ला प्रहरी कार्यालय, स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याङ्जाको संयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८१ समापन भएको छ । गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र स्याङ्जा जिल्लाका ११ पालिकाहरुको संयुक्त समन्वयमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माले सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले चालेका केहि संस्थागत र नीतिगत व्यवस्थाका साथै सचेतनाका लागी गरिएका कार्यक्रमहरुको बारेमा जानकारी दिए ।
बैशाख २५ गतेदखि सुरु भएको सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक सप्ताह २०८१ ले एक साताभित्र ३२ हजार जनामा सचेतना कार्यक्रम पुर्याउन सफल भएको प्रहरी प्रमुख शर्माको भनाई छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सभाहलमा भएको कार्यक्रममा ट्राफिक सप्ताह २०८१ मा प्रत्यक्ष सहयोग पु¥र्याउने संस्था तथा व्यक्तित्वहरुलाई कदर पत्र समेत प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी .शालिग्राम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ,स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले शुभकामना मन्तव्य राखेका थिए भने जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा कार्यरत प्रहरी निरीक्षक पावल सिंह लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया