अर्जुनचौपारीका विद्यार्थीको रक्त समूह पहिचान

भीरकोट ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पालिका अन्तर्गतका विद्यालयमा निःशुल्क रक्त समूह पहिचान शुरु गरेको छ । विद्यालय स्तरीय निःशुल्क रक्त समूह पहिचान कार्यक्रमको सुरुवात गर्दै पालिकाभरका विद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीहरुको रक्त परिक्षण गरि रक्त समूहको पहिचान अभियान शुरु गरेकोे हो ।
आफ्नै आन्तरिक स्रोतसाधनको व्यवस्थापन गरि अर्जुनचौपारी गाउँपालिकाले उक्त कार्यक्रम पालिकाभरका विद्यालयमा गर्ने जनाएको छ । आपतकालीन अवस्थामा आफ्नो रक्त समूह थाहा पाउनका साथै अरु कसैलाई रक्तदान गरि सहयोग समेत गर्न सहज हुने हुँदा पालिकाले व्यवस्थापन गर्दै शिक्षक तथा विद्यार्थीहरुलाई लक्षित गरि रक्त समूह पहिचान कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिए ।
पालिका अन्तर्गतका सम्पुर्ण विद्यालयमा यस कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै कार्यक्रमको सुरुवात गरिएको प्रशासकीय अधिकृत शर्माले बताए । कार्यक्रमको पहिलो दिनमा अर्जुनचौपारी गाउँपालिका –१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका १९० जना विद्यार्थी, वडा नं. ४ स्थित जन माविका १५२ जना विद्यार्थी र वडा नं. ६ स्थित जनविकास आविमा ४२ जना विद्यार्थीको रक्त परिक्षण गरि रक्त समूह पहिचान गरिएको पालिकाले जनाएको छ ।
गुणस्तरीय शिक्षामा जोड दिदै आएको गाउँपालिकाले विद्यार्थीको रक्त समुहको पहिचान गर्ने कार्यक्रम अगाडी बढाएपछि पालिकावासी खुशी भएका छन् ।
प्रतिक्रिया