वालिङको ग्यारेज उद्योगमा आगलागी हुँदा करोडौ क्षती

राधाकृष्ण डुम्रे,
वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीमा रहेहको एक ग्यारेजमा आगलागी हुँदा एक करोड ५० लाख भन्दा धेरै क्षती भएको छ । गह्रौंकालिका अटो सेन्टरमा शुक्रबार राती भएको आगलागीमा परेर विक्रिका लागि राखिएका मोटरपार्टस, ग्यारेज तथा संरचना जलेर पूर्ण रुपमा नष्ट भएको ग्यारेजका सञ्चालक राजु तिवारीले बताए ।

आगलागीबाट भएको क्षतीको विवरण संकलन भईरहेको वडा प्रहरी कार्यालय वालिङका डिएसपी बसन्त पाठकले जानकारी दिए । ग्यारेजमा रहेका सामाग्री तथा संरचना जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीको भनाई छ । एक करोड पचास लाख भन्दा धेरै क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

ग्यारेज तथा पसलमा लागेको आगो वालिङ नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा राती नै नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । दमकल आउन ढिलाई भएका कारण ठुलो क्षती भएको स्थानीयको भनाई छ । आगलाीको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया