बालशिक्षा विद्यालयको अध्यक्षमा अर्याल
वालिङ ।
बालशिक्षा निकेतन आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बिमल अर्याल चयन भएका छन् । बालशिक्षा निकेतन आधारभुत विद्यालय वालिङ ११ गब्देको अभिभावक भेलाले अध्यक्षमा सर्वसम्मत अर्याललाई चयन गरेको हो । त्यस्तै वडा प्रतिनिधीमा आनन्दकुमार खाँण रहेका छन् भने सदस्यहरुमा लाल बहादुर खाँण, लक्ष्मण सारु, सिर्जना एस के, निशा माझी, भावी आले रहेको विद्यालयले जानकारी दिएको छ । त्यस्तै शिक्षक प्रतिनिधीमा शिव न्यौपाने र सदस्य सचिवमा कृष्ण प्रसाद पंगेनी रहेका छन् ।
चन्दादाता, समाजसेवीको तर्फबाट अर्याललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको बताइएको छ । अर्याल यातायात व्यवसायी भएपनि वालिङका विभिन्न संघसंस्थाको नेतृत्व गर्दै अनुभव संगालेका व्यक्ति हुन् । विद्यालयमा उनको आगमनले शैक्षिक गुणस्तर सगै भौतीक संरचनामा फड्को मार्ने अभिभावकहरुले विश्वास लिएका छन् ।
प्रतिक्रिया