एमाले वालिङ नगर कमिटीकोे अधिवेसन असारमा
वालिङ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङजा जिल्लाका ११ ओटै पालिकाको अधिवेसन तयारीमा जुटेको छ । ११ ओटै पालिकाहरुमा अधिवेसन तयाारीमा जुटेका बेला एमाले वालिङ नगर कमिटीको अधिवेसन असारमा गर्ने निर्णय गरिएको हो । वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलका अनुसार बिहिवार बसेको बैठकले असार ७ र ८ गते दोस्रो अधिवेसन गर्ने निर्णय गरेको छ ।
वालिङ नगरभित्र १ हजार ४ सय २ जना एमालेका संगठित सदस्य रहेका छन् । नगर कमिटी चुन्न वडातहबाट प्रतिनिधि छनोट भएर आउने अध्यक्ष पौडेलले बताए । ७५ जनाको नगर कमिटी चुन्न झण्डै वडातहबाट ४ सय प्रतिनिधि छनोट भएर आउनेछन् । एमाले नगर कमिटीमा ९२ सदस्यीय बन्ने छ जसका लागि १७ जना सदस्य मनोनित हुने व्यवस्था रहेको अध्यक्ष पौडेलले बताए ।
वडातहबाट २० जना संगठित सदस्य बराबर ३ जनाप्रतिनिधि छनोट गर्ने एमालेको विधानमा उल्लेख छ । अल्पसंख्यक, मुस्लिम, उत्पिडित, महिला लगायतबाट बर्गिय प्रतिनिधि पनि छनोट हुने व्यवस्था रहेको छ । यसैबिच चापाकोट एमालेको नगर अधिवेसन जेठ १९ गते हुने बताइएको छ ।
प्रतिक्रिया