अस्पतालको शैयामा बिमलले पाए नागरिकता वितरण

स्याङ्जा ।
बिरुवा गाउँपालिका ५ का बिमल शर्माले अस्पतालको शैयाबाटै नागरिकता पाएका छन् । १९ बर्षिय शर्मा गाई भैसीलाई घाँस काट्न रुखमा चढेका बेला खसेर घाइते भए । उनको मेरुदण्ड भाँच्चिएपछि उपचारार्थ रहेका शर्मालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अस्पतालको बेडमै नागरिकता प्रदान गरिदिएको छ । नेपाल सरकारले मेरुदण्ड सम्वन्धी समस्या भएका बिरामीलाई सुविधा दिने व्यवस्था गरेको छ । तर उक्त सुविधा लिन नागरिकता आवश्यक पर्ने भएपछि परिवारहरुको अनुरोधमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अस्पतालमै पुगेर नागरिकता उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।


जेड ८ गते गाई भैसीलाई घाँस काट्नेक्रममा रुखबाट लडेर घाइते भएका शर्माको उपचार पोखरा स्थित मणिपाल अस्पतालमा भइरहेको छ । अस्पतालको सिफारिका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रशासकीय अधिकृत संयोग भट्टराई र नायव सुब्बा रामप्रसाद पौडेललाई खटाएर नागरिकता उपलब्ध गराएको सहायक प्रजिअ पौडेलले बताए । शर्मालाई अस्पतालको बेडमै सनाखत र आमालाई साक्षीमा सनाखत गराएर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत संयोग भट्टराईले जानकारी दिए । शर्माका बुवा बिष्णुप्रसाद शर्मा बिरामी भएका कारण उपचारका लागि चितवनमा रहेका छन् । नागरिकता प्रदान गर्दा शर्माका बुवा उपलब्ध नभएपछि आमालाई साक्षी राखेर नागरिकता दिलाइएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।


कुनैपनि नागरिक नागरिकताबाट बन्चित हुनुहुदैन उनले भने,‘प्रशासन सम्म आईपुग्न नागरिकको समस्या छ भने बुझेर सम्वन्धित ठाउँमै पुगेर पनि नागरिकता विरतरण गर्दछौं ।’ यो नागरिकको नैसङ्गिक अधिकार हो उनले भने । मेरुदण्ड भाच्चिएर शर्मा दुवै खुट्टा नचल्ने अवस्थामा रहेका र उनले नागरिकता पाएपछि सरकारको सुविधा मिल्ने भएकाले हामी पोखरामै पुगेर उनलाई नागरिकता दिलाएको उनले बताए । बिमलकी आमा याममायाले प्रशासनले हाम्रो परिवारलाई ठुलो गुन लगाएको बताइन् । अस्पतालमै आएर छोरालाई नागरिकता दिलाईदिनु भएकाले धन्यवदा दिएकी छन् । आर्थिक अवस्था कमजोर र सरकारले दिने सुविधा नागरिकता पाएपछि पाइने आशाले राहात महशुस गरेको बताइन् ।
नागरिकता जस्तो संवेदनशील परिचयपत्र वितरण गर्न जिल्ला प्रशासनले खेलेको जोखिम नागरिकका लागि निकै प्रंशसनीय रहेको स्थानीयले बताएका छन् । जसले प्रशासन नागरिकमैत्री छ भन्ने सन्देश दिएको छ ।

 

 

प्रतिक्रिया