नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न

भीरकोट ।

भीरकोट ८ मा रहेको ढापुक सामुदायीक सिकाई केन्द्रले महिलाहरुको क्षमता विकासका गतिविधिहरु अन्तर्गत तिन दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ। वडाका अगुवा महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम ढापुक जामुनेडाँडामा सम्पन्न गरेको हो।

विभिन्न महिला तथा अन्य समुहका ५२ जना सहभागी तालिममा नेतृत्व विकास, उद्घोषण कला, माईन्यूट लेखन, महिला अधिकार, मानव अधिकार, घरेलु हिंसा, द्वन्द्व व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको थियो। नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्यालले तालिमको सहजिकरण गरेका थिए। वडा नं. ८ का वडाध्यक्ष नन्दलाल खनालले यस्ता तालिमहरुले महिलाहरुको क्षमता विकासमा सहयोग पुर्याउने बताए। खनालका अनुसार यो तालिमले सामुहिक नेतृत्वको भावना जगाएको छ भने महिलाका मुद्दा उठान गर्न सहज हुने छ। तालिममा सिके अनुसार गतिविधि संचालन गर्ने बातावरण बनेमा सचेतीकरणमा पनि टेवा पुग्नेछ भने पैरबी गर्न सक्षम हुनेछन्।

प्रतिक्रिया