वालिङमा श्रमिक शिक्षा र श्रम अडिट सम्बन्धी चेतनामुलक कार्यक्रम

वालिङ ।
श्रमिक शिक्षा र श्रम अडिट सम्बन्धी चेतनामुलक कार्यक्रम वालिङमा सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयाजना तथा वालिङ उद्योग वाणिज्य संघको समन्वयमा विहिबार उद्योग वाणिज्य संघको सभाहलमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
यहाँका उद्योगी तथा व्यवसायीहरुले आफ्नो फर्ममा श्रमिक ऐन कानुन अनुसार अगाडि बढुन भन्ने उद्देश्यले उद्योगी व्यवसायीका लागी यो कार्यक्रम गरिएको हो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले श्रमिकको हितमा रहेर काम गर्दै आएको र आगामी दिनमा पनि यहाँका उद्योगी व्यवसायीहरुले श्रम ऐनअनुसार कामदार राख्ने र श्रमको अडिट पनि गर्ने प्रतिवद्धता जनाए ।

साथै उनले यहाँका उद्योगी व्यवसायीहरुलाई समय सापेक्ष यस्तो सचेतनामुलक तथा जानकारीमुलक कार्यक्रमहरु सम्बन्धीत कार्यालयसंग समन्वय गरेर संचालन गर्दै आएको बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याललगायतले श्रमिकलाई आत्मीयता प्रदान गर्दै अगाडि बढियो भने समग्र फर्म तथा उद्योग सफल हुने बताए ।

कार्यक्रममा श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले रोजगारीको हक, श्रमको हक,, श्रमिकको प्रकार, श्रम सम्बन्धी उजुरीका विषयमा कार्यालयले प्रवाह गरेको कार्य, श्रम सम्झौता, न्युनतम पारिश्रमीक, बाल श्रम, श्रमिकको दायित्व सहित समग्र श्रम ऐन तथा नियमावलीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कार्यालयका बलराम कुशवाहले श्रम अडिट कसरी गर्ने भन्ने विषयमा जानकारी गराउँदै यसको महत्वका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन कार्यालयका जिवाखर शर्माले गरेका थिए ।

 

 

प्रतिक्रिया