स्याङ्जामा लागुऔषध बिरुद्धको दिवस सप्ताहव्यापी मनाइने
कला राना,
वालिङ ।
लागू औषध दुरूपयोग तथा अवैध ओसारपसार बिरूद्धको अन्तराष्ट्रिय दिवस स्याङ्जामा सप्ताहव्यापी मनाइने भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रभातफेरी तथा दिवसको सप्ताहव्यापी कार्यक्रम विहिबार उद्दघाटन गरेर यो कार्यक्रम सप्ताहव्यापी मनाइने भएको हो । कार्यक्रमको उद्दघाटन गर्दै प्रतिनिधि सभा सदस्य राजु थापाले जिल्लाको शान्ती सुरक्षा तथा अमनचयन प्राप्तीको लागी प्रहरीसंगै आम सर्वसाधरणको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहने बताए । लागू औषध विरुद्ध जिल्ला प्रहरी कार्यालयले समुदाय तथा
विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको भन्दै लागू औषधले व्यक्ति, परिवार र समाजलाई नकरात्मक प्रभाव पार्ने भएकाले यसको न्युनिकरणका लागी अभिभावक पनि उत्तिकै सचेत बन्नुपर्ने थापाले बताए । सामाजिक अपाराध न्युनिकरणमा प्रहरीलाई साथ दिन सबैलाई सांसद थापाले आग्रह गरे ।
कार्यक्रमको उद्धेश्य तथा सप्ताहव्यापी कार्यक्रममा संचालन गरीने कार्यक्रमहरूको रूपरेखा लगायत लागुऔषध नियन्त्रणको लागि गर्नुपर्ने कार्यहरूको बारेमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शमाले प्रकाश पारेका थिए । यो कार्यक्रमलाई सफल बनाउन सबै स्याङ्जावासीले सहयोग गरिदिन समेत उनले अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणबाट बाजागाजा सहित शुरु भएको प्रभातफेरी शहिचोक, हुलाकरोड, ट्राफिकचोक, ठाडोलाई, कारागार चोक, ग्यालेक्सीचोक हुँदै सिटिहल स्याङ्जामा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जि.टी, पुतलीबजारका नगरप्रमुख तुलसीराम रेग्मी, आँधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललगायतले नेपालमा लागुऔषधका कारण धेरै युवायुवती फसेको धारणा व्यक्त गरेका थिए । यसको न्युनिकरण सगै भारतसगँ खुला सिमाना भएका कारण पनि लागुऔषध नियन्त्रणमा कठिनाई हुदै आएको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाका अनुसार प्रहरीले लागू औषध सम्बन्धी समुदाय स्तरमा ३ हजार १४८ कार्यक्रम मार्फत १ लाख मासिनलाई सचेत गराएको छ भने २०५ पटक विभिन्न विद्यालयमा पुगेर सचेतनामुलक कार्यक्रम गरेको छ । जसमा २२ हजार ९६० विद्यार्थी लाभान्वित भएका छन् । प्रनाउ रानाका अनुसार गोप्य रुपमा सवारी तथा शंकास्पद व्यक्तिहरुलाई चेकजाँच गर्ने, राम्दी र फेँदिखोलामा चौबीसै घण्टा चेकजाँच गर्ने गरिएको छ । जिल्लामा १०१ रोपनी क्षेत्रफलको १७ हजार २१० गाँजाका बोटहरु नष्ट गरेको रानाले बताउनुभयो । त्यस्तै यो आर्थिक वर्षको अहिलेसम्म १७ जनालाई लागूऔषधसहित पक्राउ गरी ११ जनालाई लागू औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत मुद्धा अगाडि बढेका छन् ।
प्रतिक्रिया