नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षमा पुन ः पौडेल

वालिङ ।
नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षमा पुन शोभाकान्त पौडेल निर्वाचित भएका हुन् । नगर कमिटीको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा सर्वसहमतिमा पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । वालिङ नगर कमिटीको निर्वाचन अधिकृत मणीप्रसाद अर्यालले दिएको जानकारी अनुसार अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु सबै सर्वसहमतिमा टुङ्गिएको जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा आनन्द पाठक, सहसचिवमा नमलाल डुम्रे र जैसरा रेग्मी निर्वाचित भएका छन् । अध्यक्ष पौडेललाई आजै सफथ खुवाउने र अन्यलाई पछि सफथ सगै प्रमाणपत्र दिने कार्यक्रम तय भएको निर्वाचन अधिकृत अर्यालले बताए । अध्यक्ष सहित पदाधिकारीका लागि एक—एक पद चाहिने भएपनि १२ जनाको उम्मेदवारी परेको थियो ।

 

प्रतिक्रिया