वालिङमा बसको ठक्करबाट बृद्धको मृत्यू

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकामा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका ६ चिन्नेबास बस्ने अन्दाजी ८१ वर्षीय दुर्गा बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए । आइतबार दिउँसो वालिङ नगरपालिका ८ मिर्दीस्थित सिद्दार्थ राजमार्गमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले थापालाई ठक्कर दिएको थियो ।

सोही बसमा सवार थापालाई बसबाट झरि बाटो काट्ने क्रममा ठक्कर दिइ घाइते बनाएको थियो । घाइते भएका थापालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया