एनआईएमबीको एक्सटेन्सन काउन्टर भुम्रेमा

स्याङ्जा ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६५ औं एक्सटेन्सन काउन्टर थप भएको छ । स्याङ्जाको वालिङ ९ स्थित भुम्रेमा बैंकको एक्सटेन्सन काउन्टर संचालनमा आएको हो । एक कार्यक्रमका बिच बैंकका गण्डकी प्रदेश कार्यालयका प्रदेश प्रमुख छविन्द्रनाथ शर्माले उदघाटन गरेका छन् । नागरिकलाई सहज हुने उदेश्य राखेर बैंकले भुम्रे बजारमा ६५ औं एक्सटेन्सन काउन्टर स्थापना गरेको शर्माले जानकारी दिए । एक्सटेन्सन काउन्टर भनेपनी सम्पुर्ण बैकिङ सुविधा रहने शर्माले बताए । इन्भेष्टमेन्ट बैंक र मेगा वैंक मर्जर पश्चात् मेगा बैंकको शाखा रहेको ठाँउका सेवाग्राहीलाई वैंकिङ सुविधा सजह होस भन्ने उद्देश्यले एक्टेन्सन काउन्टर सन्चालनमा ल्याईएको शर्माले वताए ।

एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम जम्मा गर्ने, मोबाइल तथा डिजिटल बैकिङ लगायतका सुविधा सहितको सेवाहरु उपलब्ध हुने वालिङ शाखाका प्रमुख उज्जल श्रेष्ठले जानकारी दिए । भुम्रेमा बैंकको एक्टेन्सन काउन्टर स्थापना पछि दक्षिण पर्वतका नागरिकलाई समेत बैकिङ्क सुविधा पुग्ने श्रेष्ठले बताए ।

बैंकको नेपालभरी २७२ शाखा, ६५ एक्सेन्टन काउन्टर, ८८ ब्रान्चलेस बैङिक र २६६ ओटा एटिम संचालनमा रहेको कार्यक्रममा प्रदेश कार्यालयका उपप्रमुख चिरज थापाले जानकारी दिए ।

प्रतिक्रिया