पहिरोले घर पुरिदा स्याङ्जामा दुई जनाको मृत्यू

स्याङ्जा ।
गएराती परेको अबिरल बर्षाका कारण पहिरोले घर पुरिदा स्याङ्जामा दुई जनाको मृत्यू भएको छ । फेदिखोला गाउँपालिका ५ बाँगे स्थितढुुङ्गा माटो र टिनले बनेको एकतले घरमा पहिरो आएर घर पुरिदा दुई जनाको मृत्यू भइको हो । घरमा सुतिरहेका बेला गएराती घरमाथीबाट आएको पहिरोले घर पुरिदा ३१ बर्षिय दुर्गा जि.टी. र उनकी ३ बर्षकी छोरी निकिसा जि.टी. मृत्यू भएको जिल्ला प्रहरी स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

घर नजिकै रहेको गोठ समेत पुरिदा १ भैसीको समेत मृत्यू भएको प्रहरी नायव उपरीक्षक रानाले बताए । जि.टीका दुई सन्तान मध्ये छोरा बाहिर साथीको घरमा बस्न गएकाले बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी निरिक्षक सहित नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयले शव निकाल्ने उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । मनसुन सुरुभएपछि स्याङ्जामा पहिरोले पुरिएर मृत्यू भएको पहिलो घट्ना भएको बताइएको छ । मनसुन अत्याधिक हुन सक्ने अनुमान महाशाखाले दिएपछि सुरक्षित रुपमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया