पुतलीबजारमा बाढीले बगाएर एकको मृत्यू, गोठ भत्किदा दुई घाइते
स्याङ्जा ।
पुतलीबजार १ बिरेन्द्रनगरमा बस्ने ७४ बर्षिय तिलबहादुर भुजेलको खोलाले बगाएर मृत्यू भएको छ । अरगौदी खोला तर्ने बेला बगाएर घाइते अवस्थामा आफ्नै छोराले उद्धार गरि जिल्ला अस्पताल स्याङ्जामा उपचारकै क्रममा उनको निधन भएको हो । अविरल परेको बर्षाका कारण बढेको खोला तर्नेक्रममा उनलाई खोलाले बगाएको थियो । उनको शव अहिले जिल्ला अस्पताल स्याङ्जा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
त्यस्तै अविरल बर्षाकै कारण भीरकोट ९ मा २ तले कच्ची गोठ भत्किदा श्रीमान श्रीमती घाइते भएका छन् । बिहान गोठमा भैसीलाई कुडो पकाएर खुवाउने क्रममा गोठ भत्किदा उनीहरु घाइते भएका हुन् भने गोठमा रहेका १ भैसी र २ बाख्राको मृत्यू भएको र एक भैसीको जिउदै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते भएका ६७ बर्षिय चन्द्रबहादुर सिंजाली र ५८ बर्षिय ठकुकुमारी सिंजालीको वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घट्नाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया