वालिङबाट लागू औषधसहित २ जना पक्राउ

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकाबट नियन्त्रित लागूऔषधसहित सोमबार बेलुका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० बस्ने ३७ वर्षीय सन्तोष बहादुर नेपाल र सोही महानगरपालिका १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वालिङ नगरपालिका १० फूलबारी स्थित सिद्दार्थ राजमार्गबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ३८ एम्पुल नोर्फिम, एम्पुल फेनारगन र ३५ एम्पुल डाईजेपाम बरामद गरेको जिल्ला प्रहरी स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषधहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङ् स्याङ्जामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया