पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिरोमा परी मृत्यु भएका मृतकको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । आँधीखोला गाउँपालिका र भीरकोट नगरपालिकामा पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको हो । बिरुवा गाउँपालिकामा पहिरोबाट निधन भएका परिवारलाई भने केही दिनमा राहत उपलब्ध गराइने जिल्ला प्रशशासन कार्यालय स्याङ्जाले जनाएको छ । बिपद ब्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा गएको टोलीले आँधीखोला गाउँपालिका ३

बिचारीचौताराका तुलसीप्रसादका परिवार र भीरकोट ५ ज्यामिरेकी खेमकुमारी मल्लको परिवारलाई राहत रकम समेत उपलब्ध गराएको छ । सप्रजिअ पौडेलले गण्डकी प्रदेश सरकारद्धारा उपलब्ध भएको ५० हजार नगद तुलसीप्रसादका परिवारलाई हस्तान्तरण गरेका छन् भने खेमकुमकारी मल्लको परिवारलाई ८० हजार राहत वितरण गरेका हुन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका ३ बिचारीचौताराका तुलसीप्रसाद पौडेलको २२ गते शनिवार आएको पहिराले बगाउदा मृत्यु भएको थियो । ७२ वर्षीय मल्लको घर माथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको थियो । पुर्ण रुपमा घरगोठ गुमाएका मल्लका छोराबुहारीहरु अहिले आफ्ना दाजुभाईको घरमा बसेर काजकिगिया गरिहेका छन् ।

विपदमा परी निधन भएकाको परिवारले पाउने रकम साढे दुई लाख मध्येबाट तत्कालका लागि उक्त रकम हस्तान्तरण गरिएको र बाँकी रकम परिवारले प्रक्रियागत रुपमा खाता खोलेपछि खातामा आउने सहायक प्रजिअ पौडेलले बताए । त्यस्तै नेपाल सरकारले घरमा पुर्ण क्षति भएकालाई नयाँ घर निर्माणको लागी विपद व्यवस्थापन कार्यविधि निर्माण गरेर नगरपालिकाको सिफारिसमा किस्ताबन्दीमा अकितम ४ लाख सम्म दिने प्रावधान रहेको उनले बताए ।

नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको टोली पनि विपदमा ज्यान गुमाएका परिवारहरुको लागी राहत लिएर पुगिरहेको बताए । रेडक्रसका सभापति दिनेश अर्यालको नेतृत्वमा पुगेको टोलीले विभिन्न सामग्रीहरु सहयोग गर्दै आएको जानकारी दिए । स्याङ्जामा अहिले सम्म बाढी पहिरोमा परेर १० जनाले ज्यान गुमाएका छन् भने दर्जनौ घाइते भएका छन् । असार २१ र २२ गते परेको अविरल बर्षाले जिल्लाका धेरै घरहरु पहिरोको जोखिममा रहेका छन् ।

प्रतिक्रिया