जीप दुर्घटनामा ४ जना घाइते

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । वडा नं ४ दभुङ ठाटीबाट वालिङ्तर्फ जाँदै गरेको ध १ ज २६ नम्बरको जिप अनियन्त्रित भै सडकबाट करिब १० मिटर तल खस्दा चालकसहित ४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । सवारी दुर्घटना आइतबार बिहान करिब ११ बजे भएको थियो । दुर्घटनामा परी सवारी चालक चित्र बहादुर राना, शोभा थापा, धन बहादुर राना, इन्द्र बहादुर थापा घाइते भएका थिए । घाइते भएका सबै वडा नं ४ का स्थानीय हुन् । चालक राना र शोभा थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा पठाइएको छ भने अन्य २ जना वालिङ प्राथमिक केन्द्रमा सामान्य उपचार पश्चात् घर फर्केका छन् ।
प्रतिक्रिया