स्याङ्जामा बन्यो सुन्तलाको वाईन्

स्याङ्जा ।
सुन्तलाको जिल्लाको रुपमा परिचित रहेको स्याङ्जाले वाईन् उत्पादन शुरु गरिएको छ । सुन्तलाबाट आँधीखोला वाईन नामाकरण गरी सफल परिक्षण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुन्तला सुपरजोन स्याङ्जाको सहयोगमा जिल्लामा सुन्तलाबाट आँधीखोला वाईन उत्पादन शुरु गरिएको जनाएको छ । सुन्तलाले प्रख्यात जिल्ला स्याङ्जामा सुन्तलालाई कच्चा पदार्थको रुपमा प्रयोग गरी आँधीखोला वाईन उत्पादन शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाईका प्रमुख माधव लम्सालले बताए ।

स्याङजाको पुतलीबजार नगरपालिका –११ करेन्डाँडामा सुन्तला प्रशोधन घर प्रालिले सुन्तला सुपरजोनको सहयोगमा वाईनको सफल परिक्षण पछि बजारमा ल्याएको छ । सुन्तला प्रशोधन घर प्रालिमा जिल्लाका केहि युवाहरुको संयुक्त लगानी रहेको बाइएको छ । यो वाईन अहिले सफल परिक्षण गरिएको र अब पाक्ने सुन्तलाबाट उत्पादन हुने वाइन बजारमा पनि आईपुग्ने प्रमुख लम्सालले बताए । अन्तःशुल्क बाट स्वीकृत लिएर बजारमा विक्रिका लागी आउने भन्दै नेपालभरी र नेपाल बाहिर पनि मागको आधारमा आँधीखोला वाईन ल्याईने उनले बताए ।

लामो समयदेखी यसको परीक्षणका लागि स्थानीय सुन्तला किसान एंव सुन्तला सुपरजोन समितिका अध्यक्ष बोधराज अर्यालले सुन्तलाबाट मदिरा बनाउन सकिन्छ भन्ने उदाहरण दिदै आएका थिए । यो अन्तिममा आएर सफल भएको छ ।

 

 

प्रतिक्रिया